बुढानीलकण्ठको ४८ रोपनी जग्गा अधिग्रहण ३७ वर्षसम्म अलपत्र, तत्काल पूरा गर्न सर्वोच्चको आदेश

काठमाडौं । बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

 

न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले सरकारलाई अधिग्रहणको काम तत्काल पूरा गर्न निर्देशन दिएको हो ।२०४१ सालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको मन्दिर भ्रमणको क्रममा राजारानीले दिएको निर्देशन अनुसार मन्दिर आसपासको ४८ रोपनी ११ आना २ दाम २ पैसा क्षेत्रफलको जग्गा अधिग्रहणको काम २०४४ सालमा सुरु भएको थियो ।

 

 

सरकारले मन्दिर आसपासको तोकिएको क्षेत्र जग्गा प्राप्ति ऐन २०३४ अनुसार अधिग्रहण गर्ने भएपछि सरोकारवाला जग्गाधनीलाई मुआब्जा लिनको लागि प्रमाणसहित सरकारी निकायमा दावी गर्न सूचना जारी गरिएको थियो ।२०४४ भदौ ३१ मा गोरखापत्रमा हबदावी सम्बन्धी सूचना प्रकाशित गरेपछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समिति पनि बनाएको थियो ।

 

समितिले अधिग्रहण गरिने जग्गाको मूल्यांकन गरी तत्कालीन प्रचलित मूल्यअनुसार २० लाख २० हजार ५६६ रुपैयाँ मुआब्जा दिनुपर्ने ठहर गरेपछि सो रकम निकासा पनि भएको थियो । तर, निकासा भएको रकममध्ये १८ लाख ४७ हजार ९३८ रुपैयाँ मात्र सम्बन्धित जग्गा धनीलाई दिइयो । बाँकी १ लाख ७२ हजार ६२७ रुपैयाँ भने जग्गा धनीले लिन नआएपछि सरकारी कोषमा फिर्ता भयो ।

 

०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लेखेको एक पत्रमा ७ रोपनी जग्गाको मुआब्जा वितरण भएको भनिएको थियो ।सो जग्गाको खरिद बिक्री रजिष्ट्रेसन पास समेत भइसकेको र त्यहाँ संरचना निर्माणको काम भइरहेको अवस्थामा २०५० सालमा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयले निर्माणको काम रोक्का गरिदिएको थियो । त्यसयता त्यहाँ जग्गा अधिग्रहणको काम रोकिएको छ र अधिग्रहण गरिने जग्गा पनि रोक्का गरिएको छ ।

 

नागरिकको जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण गर्ने काम पनि पूरा नभएको तर जग्गा रोक्का गरिएका कारण जग्गा धनीले समेत आफ्नो जग्गा भोगचलन गर्न नपाएको भन्दै बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दले सर्वोच्च अदालतथमा रिट दायर गरेका थिए ।

 

सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिग्रहणको काम यथाशीघ्र पूरा गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो ।अदालतको आदेशमा उल्लेख भए अनुसार अधिग्रहणको प्रक्रिया सुरु भएपछि मुआब्जा वितरण गरिएका जग्गाको स्वामित्व पनि नेपाल सरकारको नाममा आएको छैन । सम्बन्धित जग्गा धनीलाई मुआब्दा वितरण गरिसकिएको तर जग्गा सरकारको नाममा पास नभएको अवस्थामा सो जग्गाको स्वामित्व पनि विवादित छ र यस्तो जग्गा अतिक्रमण हुने जोखिम पनि उत्तिकै छ ।

 

अदालतले आफ्नो निर्देशनात्मक आदेशमा मन्दिरलाई आवश्यक पर्ने जग्गा कानुनअनुसार अधिग्रहण गरेर मुआब्जा वितरण तथा स्वामित्व हस्तान्तरणको काम पूरा गर्न र मन्दिरलाई आवश्यक नपर्ने जग्गा सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने ठहर गरेको छ । अधिग्रहण प्रक्रियामा थप रकम आवश्यक भएमा सोको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९