आक्रमणमा परेका सञ्चारमाध्यममा प्रेस चौतारीको अनुगमन

काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार बिहान कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, हिमालय टेलिभिजन, अनलाइनखबरलगायतको कार्यालयमा गएर घटनाको जानकारी लिएको हो ।

 

राजावादीको नाममा भएका आन्दोलनको कभरेज गर्ने क्रममा एभिन्युजका पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध शनिबार बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा आयोजना गरिएको विरोध कार्याक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेले विचलित नभई पत्रकारिता गर्न पत्रकारलाई आग्रह गर्दै राजावादीले गरेको आक्रमणको घोर भत्र्सनासमेत गरे ।

 

त्यसपछि चौतारीको उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी, महासचिव हिरामान लामा, सचिव बिष्णु तारुके, मधेश प्रदेस ईञ्चार्ज अच्युत पौडेललगाएतको जम्बो टोली क्षेती भएका सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सञ्चारमाध्यमका कार्यालयमा पुगेका थिए ।

 

कान्तिपुर दैनिकबाट अनुगमन सुरु गरेको चौतारीको टोली अन्नपूर्ण पोष्ट, हिमालय टेलिभिजन र अनलाइनखबरको कार्यालयमानै गएर घटनाको जानकारी लिएका थिए । क्षतिग्रस्त भवनको निरीक्षणपछि प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यममामाथि भएको आक्रमण निन्दनीय भएको बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस चौतारी सधैं लड्ने बताए । महासचिव लामाले उदण्ड समुहले सञ्चारमाध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरुलाई स्थापित गर्न खोजिएको भन्दै अविचलित भएर आफ्नो पेसागत काम गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

 

अनुगमनपछि चौतारीका अध्यक्ष पाण्डेले राजावादीहरुले सञ्चारमाध्यमहरुलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै दोसिलाई कानूनी कठघरामा उभ्याउन चौतारीले दबाब गर्ने प्रतिबत्ता व्यक्त गरे । उनले उदण्ड आक्रमणकारीको भत्र्सना गर्दै राज्यले अपनाएको संयमकै कारण शुक्रबार थप क्षति हुन नपाएको भन्दै पत्रकार तथा नागरिकको सुरक्षाप्रति गम्भीर हुन सरकारसँग माग गरे ।

 

चौतारीको टोलीलाई कान्तिपुरका प्रधान सम्पादक विजय पौडेल, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र महाप्रबन्धक मनोज बस्नेत, हिमालय टेलिभिजनका प्रधान सम्पादक राजेन्द्र बानिया र अनलाइनखबरका सम्पादक बसन्त बस्नेतसंग राजावादीहरुले सञ्चारमाध्यम तथा पत्रकारमाथि गरेको आक्रमणको जानकारी गराएका थिए । केही राजावादीले सञ्चारमाध्यमको नामै किटेर आक्रमण गर्ने योजना बनाएको र  धम्कीपूर्ण माइकिङ गरेरनै आक्रमण गरेको बताए । सोही क्रममा चौतारीको टोलीले पेसागत जिम्मेवारी निर्वाह गर्दागर्दै प्रदर्शनकारीको उग्रताको शिकार बन्नुपरेका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९