काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्।उच्च अदालत, बुटबलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिए पछि हिजो साँझ उनी पक्राउ परेका थिए । पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ । लामिछानेलाई आजै रूपेन्देेही लगिदैछ । हिजो रातभर उनी काठमाडौं हिरासतमा थिए ।





























































































































































