सुदूरपश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्काको पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई खेलकुद सामग्री हस्तान्तरण

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरु लाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्का को पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टर बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी लाई खेलकुद सामग्री सहयोग गरिएको छ ।अछामको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पूर्व भलिबल खेलाडी श्री लक्ष्मी प्रसाद शर्मा  बाट  रु १००००।( हजार बराबरको ६ पिस भलिबल सहयोग गर्नु भएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद समितिका सदस्य चित्र भट्ट बाट रु २०००।-हजार, साइनिङ स्टार युवा कलव का अध्यक्ष भेष राज जैशी बाट एक पिस भलिबल, डडेलधुरा जिल्ला बहुमुखी क्याम्पसका स्वयु सभापति श्री जगत एयर बाट एक पिस भलिबल, बैतडी जिल्ला ने।बि।संघ सदस्य श्री धीरज चन्द्र बाट एक पिस भलिबल सहयोग गर्नुभएको अनमोल अनलाईन टेलिभिजन लाई कप्तान खड्काले जानकारी दिनुभएको हो ।बर्दगोरिया गाउँपालिका वडा न। ३ का खेलाडीहरु लाई प्रोत्साहन गर्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

 

 

बिहीबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा न।३ मा सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्काले लिटिल स्टार ट्रेनिङ्ग सेन्टर लाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा खड्काले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यबाद समेत दिनुभएको थियो । कप्तान खड्का बताउनु हुन्छ गाउँ ठाउँ देश राष्ट्रलाई चिनाउने खेलकुद नै भएकाले खेलकुद सबै अभिभावकले बालबालिकालाई स्वास्थ्यको लागि खेलेर राष्ट्रको लागि खेल भन्दै देशलाई चिनाउने बेला आएको बताउनु हुन्छ कप्तान खड्का बताउनुहुन्छ आफूले सिकेको शीप साना साना बालबालिकालाई सिकाउन पाउँदा खुसी भएको समेत बताउनुभयो।खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले खेल खेल्नुपर्ने बताउनुभयो सबै नागरिक सँग एउटा न एउटा सीप हुने भएकाले जोसँग जुन सिप छ लुकाएर नराख्नुस समेत बताउनुभयो।हाम्रो अबको मान्यता स्थानीय स्तर बाटै राष्ट्रीय खेलाडी उत्पादन हुनुपर्छ भन्ने हो त्यही मान्यताका साथ खेल सामग्री प्रदान गरेका छौ उनले भने ।लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई खेलकुदका माध्यम बाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई सहयोग गरिएको बताईएको छ ।

    राष्ट्रको विकास र आर्थिक उन्नति गर्नका लागि               आजभोलि खेलकुद क्षेत्र महत्त्वपूर्ण

 

कुनै पनि राष्ट्रको विकास र आर्थिक उन्नति गर्नका लागि आजभोलि खेलकुद क्षेत्र महत्त्वपूर्ण र अपरिहार्य बनिसकेको छ। खेलमा सहभागिताले सामुदायिक स्वास्थ्य र उर्वरतामा समेत उन्नति गदर्छ। साथै चरित्रमा अनुशासन बन्न सहयोग गर्छ। खेल नै यस्तो विषय हो जसले विभिन्न समुदाय, जात, वर्गलाई एकै स्थानमा राखेर एकताबद्धसमेत गराउँद छ। को ठूलो को सानो, को बलवान को कमजोर, को धनी को गरिब यस्तो केही पनि हेर्दैन खेलले। यही खेल देशको आर्थिक उन्नतिका लागि एउटा खम्बा बन्न सक्छ। मुलुकलाई साँचिच्कै सम्वृद्ध बनाउने हो भने नेपालमा ठूल्ठूला प्रतियोगिता आयोजना हुनुपर्दछ।

ठूल्ठूला प्रतियोगिताको आयोजनाले त राष्ट्रका लागि कुनै योजनाको पूर्वाधारमा विकास गर्न मद्दत गरिरहेको हुन्छ। त्यसबाट थप रोजगारी दिन सकिन्छ। विदेशमा यात्रा गराएर विभिन्न देशका व्यक्तिसँग सम्पर्क बढाउँछ खेलले। साथै देश–देशबीचमा पनि यसले घनिष्ठता बढाउँछ। अहिलेको उदाहरणका लागि दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको वार्ताले पनि खेलको महत्त्व बढाएको छ। उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा सहभागिता जनाउने बताएको छ। जब कि यी दुई कोरिया राजनीति दृष्टिले परम शत्रु मुलुक हुन्।

तर, सबैभन्दा ठूलो विषय भनेको खेलले देशलाई आर्थिकरूपमा पनि समृद्ध बनाउँछ। यानिकि देशको आर्थिक विकास गर्न खेलको भूमिका महत्त्वपूर्ण हुन्छ। तर, यसका लागि खेलसँग प्रायोजकको सम्बन्ध जोडिनुपर्छ। अनि मात्रै खेलकुदमा आर्थिक उन्नति हुन्छ र जसको प्रत्यक्ष फाइदा राष्ट्रले लिन सक्नुपर्दछ। नेपालमा खेलकुद क्षेत्र व्यावसायिक हुने क्रम अहिले ह्वात्तै बढेको छ। देशको आर्थिक उन्नति लागि सकारात्मक विषय पनि बनेको छ।

 

नेपाललाई खेलकुदबाट आर्थिक समृद्धि गर्ने हो भने विदेशमा कस्तो योजना बनेको छ त्यसको सिको गर्नु आवश्यक छ। हामी धेरै टाढा पनि जानु छैन। छिमेकी राष्ट्र भारतमा क्रिकेट लोकप्रिय छ। यही लोकप्रियताका कारण क्रिकेटलाई त्यहाँको राज्यस्तरबाटै सहयोग गरिरहेको छ।

 

उनीहरूले क्रिकेटबाट आम्दानी पनि गरिरहेको छ। खेलकुद मन्त्रालयले खेलकुदमा सुविधा बढाइरहनेमै ध्यान केन्द्रित गरेको छ। यस्तो नेपालको खेलकुद मन्त्रालयले गरेको देखिँदैन। यसैलाई हेरेर आगामी नयाँ सरकारले खेलकुदमा सुविधा दिएर आम्दानी गर्ने माध्यम बनाउनुपर्ने पहिलो प्राथमिकतामा राख्नुपर्छ।

 

भारतमा क्रिकेटबाहेक हकी, फुटबल, ब्याडमिन्टन, कबड्डीलाई व्यावसायिकता बनाएर प्रतियोगिता गराइरहेको छ। भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल)को सफलतापछि फुटबलमा पनि विदेशी खेलाडी भित्त्याएर इन्डियन सुपर लिग (आईएसएल) को प्रयोग गर्यो। यसले पनि सफलता हासिल गरेको छ। रंगशालामा भरिभराउ दर्शकले भारतलाई कति धनी बनाइरहेको छ भन्ने एक सानो उदाहरण हो। तर, नेपालमा यस्तो हुन सकिरहेको छैन।

 

 

 

अर्को सामाजिक सञ्जालले पनि देशको आर्थिक उन्नति गर्न ठूलो भूमिका खेल्न सक्छ। नेपालमा सामाजिक सञ्जालमा यस्तो भएको देखिँदैन। जब ठूला प्रतियोगिता हुन्छन् त्यतिबेला सामाजिक सञ्जाल नेपालमा प्रेरक बनेको देखिँदैन। जब कि यसबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कसैले पनि हेक्का गर्न सकेको छैन। देशमा ठूला प्रतियोगिता हुँदा सामाजिक सञ्जालबाट फाइदा यसरी लिन सकिन्छ।

 

जस्तैः मान्छेले टिकट किन्ने, खेलकुद ब्रान्डका उत्पादन किन्न, रेस्टुरेन्ट जाने, टिभी हेर्ने आदि पर्छ। ट्राभल कम्पनीहरू तथा अन्यले प्रतियोगिताको समयमा ज्यादाभन्दा ज्यादा लाभ लिन सकिन्छ। यो भनेको राष्ट्रलाई नै आर्थिक टेवा दिनु हो।

 

प्रतियोगिता नहुँदा कस्तो समस्या हुन्छ भन्ने समस्याबाट पनि नेपाल गुज्रिएको थियो। जस्तै माओवादीको द्वन्द्वकालमा नेपालमा कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। त्यतिबेला नेपालको खेल र खेलाडी मारमा परेका थिए। देशलाई आर्थिकरूपमा पछाडि परेको थियो। नेपालकै छिमेकी राष्ट्र पाकिस्तानमा समेत खेल हुन नसक्दा आर्थिकरूपमा पछि परेको छ। सन् २००८ मा आतंककारी आक्रमणपछि पाकिस्तानमा त्यहाँको लोकप्रिय खेल क्रिकेटका कुनै पनि ठूला प्रतियोगिता पनि भएका छैनन्।

 

ठूल्ठूला प्रतियोगिताले आर्थिक स्थिति कमजोर भएका राष्ट्रलाई कति फाइदा गरेको हुन्छ। यसले देशको आर्थिक वृद्धि दर ह्वात्तै बढाइदिन्छ। सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपलाई उदाहरणका रूपमा लिन सकिन्छ। सो विश्वकपले त्यहाँको व्यावसाय आर्थिकरूपले धेरै अगाडि बढेको थियो। यहाँसम्म कि स्थानीय खेलाडीका लागि समेत आम्दानी गराएको थियो। यसैले नेपालमा ठूल्ठूला प्रतियोगिता हुन आवश्यक छ।

 

अर्को नेपालमा रोजगारीको समस्या छ। त्यस्तै खेल सामग्री उत्पादन गर्ने कम्पनी कम छन्। यदि राज्यस्तरले सहयोग गरेमा खेल सामग्री बनाउने कम्पनी स्थापना गर्न सकिन्छ। यस्ता कम्पनी स्थापना गराउने हो भने कयौं बेरोजगारले रोजगारी प्राप्त गर्नेछन्। बेरोजगार कम हुने भनेको पनि राज्यलाई नै आर्थिक समृद्धि बनाउने हो। यतातिर ध्यान जाने नीति अहिलेसम्म बनेको छैन। अबचाहिँ बन्नुपर्छ यसमा ढिलो गर्नुहुँदैन।

 

अन्तमा खेलकुद जोगाउन पनि कोस खडा गर्नैपर्छ। यो रकम खेल र खेलाडीका लागि प्रयोगमा आउनुपर्दछ। खेलाडी आर्थिकरूपमा बलियो बनाएमात्रै खेलकुद जोगिन्छ। खेलकुद जोगिने भनेको राष्ट्रलाई आर्थिक तवरले सशक्त बनाउने र राष्ट्रको सम्मान अन्तर्राष्ट्रियमा समेत पुग्ने हो। अर्को खेलकुदलाई पनि शिक्षा प्रणालीकै एक अंगको रूपमा विकास गरिनुपर्दछ। सबैभन्दा ठूलो काम भनेको नेपालका कुना काप्चामा खेलकुद प्रतियोगिता सञ्चालन गरिनुपर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।   जिल्ला...

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

तुलसीपुर (दाङ),  थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९