काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख दिल्ली फर्केका छन्।आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेट अत्यन्त फलदायी रहेको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। आतंकवाद विरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास व्यक्त गरेका छन्।
मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...



















































































































































