माधवनारायण नगर प्रमुखद्वारा १३० जना जेष्ठ नागरिकलाई सम्मान

रौतहट । रौतहटको माधवनारायण नगरपालिका  मेयर  बैजनाथप्रसाद यादवले  १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्। एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई मेयर यादवले सम्मान गरेका हुन्। उनले माधवनारायण–६ माधोपुरस्थित एक कार्यक्रममा मेयर यादवले ८५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

उनले सम्मान गर्नुका साथै विभिन्न प्रकारका सामग्री समेत प्रदान गरेका छन्। वडा १ देखि ९ नम्बर वडाका ८५ वर्ष नाघेका १ सय ३० जना जेष्ठ नागरिकलाई दोसल्ला सहित एकएक थान टर्च लाईट, झुल, बिस्कुट, च्यवनप्रास लगाएतका सामग्री प्रदान गरिएको मेयर यादवले न्युजकारखानालाई बताए ।

 

ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित रहेकोले आफूले उनीहरुलाई पालिकाको तर्फबाट सम्मान गरेको उनको भनाई रहेको छ। ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिका देखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा  हुने मेयर यादवले जानकारी दिएका छन्। उक्त अवसरमा उपमेयर निर्मला देवी रमण,  प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव,  वडा ६ अध्यक्ष रामनरेश राय, वडा ७ का अध्यक्ष योगेन्द्रप्रसाद कुशवाहा लगायतका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९