
काठमाडौं ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक अन्तिम समयमा स्थगित भएकाे छ ।सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुने भनिए पनि अहिले स्थगित गरिएकाे केन्द्रिय प्रचार बिभागले जनाएकाे छ । केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको थियाे ।पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बाेलाइए पनि अन्तिममा स्थगित भएकाे साे बैठक कहिले बस्छ ? कुनै जानकारी दिइएकाे छैन ।