कैलाली। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा द्वारा लम्कीचुहा नगरपालिका वडा नं ६ बाघमारा टोलमा गैइ मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थितिमा मासिक आय सुबिधा र कृयाखर्च बाफतको रकम भुक्तानी गरिएको छ ।
प्रस्तावक स्वर्गीय सुन्दरलाल डगौरा थारुले आफ्नो छोरी अन्जना डगौरा थारुको १५ बर्से अवधीको रु ५०,०००/- बिमान्क राखी बाल समृद्ध बिमा गर्नु भएको थियो साथै अर्को छोरा अरुण डगौराको नाममा १५ बर्ष अवधी को रु १,५०,०००/- को बिमा गर्नु भएको थियो। प्रस्तावक डगौरा थारुको २०७९/९/२७ गते मोटरसाइकल दुर्घटना बाट मृत्यु भएकाले प्रस्तावकको मृत्यु पश्चात् बच्चाले पाउने किरियाखर्च रु ५०,०००/-र मासिक आय बाफतको रु ७०००/- गरि जम्मा रु ५७,०००/-स्वर्गिय सुन्दरलालकी श्रीमती कल्पना डगौरा थारु लाई लम्की शाखा प्रबन्धक डम्बर न्यौपानेले हस्तान्तरण गर्नुभएको हो।
उक्त कार्यक्रममा समाजसेवी बुद्दिजिबी फट्टुराम चौधरीले बिमाको महत्त्व बारे आफ्नो भनाई राख्नु भएको थियो। सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा बौनिया उप-शाखा प्रमुख डम्मर बुढा,टिकापुर उपशाखा केसबराज तिमेल्सेना र लम्की शाखा प्रबन्धक डम्बर न्यौपानेले बिमाको महत्त्व तथा लाभको बारेमा बोल्नु भएको थियो।
























































































































































