आन्दोलन शान्तिपुर्ण हुन्छ, भडकाउने काम नगर्नुहोस्: कमल थापा

काठमाडौं।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् ।आज पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफुहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

 

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे । ” आन्दोलन शान्तिपुर्ण हुन्छ।  हामि भ्रष्टाचार , कुशासन , बेरोजगारी , योजनाबद्ध भैरहेको धर्मपरिबर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगती चाहन्छौं , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौ” थापाले भने ।

 

उनले थपे, “सरकार हाम्रो जायज माग र आन्दोलन प्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाबिक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ” ।जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा कृयाशिल हुन कार्यकर्ता पङ्क्तिलाई सो अबसरमा निर्देशन सनेत उनले दिए ।यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ ।कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९