अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता

कैलाली – अनलाइन टिभी पत्रकारितालाई जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले स्थापित अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले आफ्ना गतिविधिहरू तीव्र पारेको छ। भर्खरै गठन भएको प्रदेश समितिले बुधबार विभिन्न सरकारी निकाय, स्थानीय प्रशासन र सञ्चार सम्बद्ध संस्थाहरूसँग परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

 

संघका पदाधिकारीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खडका, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सहायक प्रमुख किरन जोशी, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपी हमाल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणासँग भेटघाट गरी अनलाइन पत्रकारिताका अवसर र चुनौतीबारे छलफल गरेका हुन्।

 

मुख्यमन्त्री शाहले अनलाइन पत्रकारहरूलाई व्यावसायिक आचारसंहिता पालना गर्दै सत्यमा आधारित पत्रकारिता गर्न जोड दिनुभयो। उहाँले प्रदेश सरकार सधैँ यस्तो पत्रकारितालाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, सामाजिक विकास मन्त्री खडकाले अनलाइन टिभीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो।

 

कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले शान्ति सुरक्षा र सूचनाको सही प्रवाहमा अनलाइन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। त्यस्तै धनगढीका नगर प्रमुख गोपी हमालले नगर विकासका गतिविधि जनतासम्म पुर्‍याउन अनलाइन टिभीको योगदानको प्रशंसा गर्नुभयो।

 

त्यसैगरी एसपी राणाले अपराध नियन्त्रण र जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमसँग सहकार्य गर्न प्रहरी तयार रहेको बताउनुभयो।

 

संघका पदाधिकारीहरूले पदाधिका नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन लगायत अन्य सञ्चार सम्बद्ध संस्थाहरूसँग समेत छलफल गरेका छन्।

 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले अनलाइन टिभी पत्रकार संघसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै पत्रकारिताको गरिमा कायम राख्न सबै एकजुट हुनुपर्ने बताउनुभयो।

 

संघका केन्द्रीय सदस्य विरेन्द्र धामीले अनलाइन पत्रकारिताको व्यावसायिक विकास र सुदूरपश्चिमको समृद्धिका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

 

त्यस्तै, अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारितालाई थप व्यवस्थित र विश्वसनीय बनाउन सबै सञ्चारकर्मीहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले भने, “हामीले सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिँदै सुदूरपश्चिमको विकास र जनचेतनामा योगदान पुर्‍याउनेछौँ।”

 

त्यसैगरी संघका महासचिव टिकाराम साउदले प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियनलगायत अन्य सञ्चार सम्बद्ध संस्थाहरूसँग समेत छलफल गरिएको जानकारी दिनुभयो। साथै आगामी दिनमा विभिन्न कार्यक्रमहरू समेत आयोजना गर्ने तयारी रहेको उहाँले बताउनुभयो।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९