बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै

काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो।अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा सिर्जनात्मक क्षमता अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताएका छन्।

 

 

उनले पहिलो संस्करणमा बोगटान जन्मथलो भएका मदन पुरस्कार विजेता लेखक रामलाल जोशी र लोकदेउडा गायक यज्ञराज उपाध्यायलाई आमन्त्रित गरिएको जानकारी दिए। कार्यक्रममा जोशीका ऐना, सखी, बाआमा र उपाध्यायको काली-कर्णालीको लोकसाहित्य कृतिमाथि विमर्ष हुने बताइएको छ।

 

 

‘कार्यक्रममा बोगटान-फुड्सिल क्षेत्रको कला, साहित्य र संस्कृति सम्बन्धी छलफल, अन्तरक्रिया र प्रवचन हुनेछ। बोगटान-फुड्सिल क्षेत्रको विकास र सम्बृद्धिका आधार सम्बन्धी परिचर्चा गरिने छ। विद्यार्थीहरूलाई संस्कार, संस्कृति र सृजनशील बनाउन विशेष उप्रेरणात्मक प्रवचन र अन्तर्क्रिया हुनेछ,’ गड्सिलाले भने।

 

 

यस्तै साहित्यिक रचना वाचन तथा सांगीतिक र सांस्कृतिक प्रस्तुति, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विभिन्न क्षेत्रमा योगदान दिई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त गर्ने तथा बोगटान फुड्सिल क्षेत्रको गौरव वृद्धि गर्ने प्रतिभालाई पुरस्कार र सम्मान गरिने उनले बताए।

 

 

 

विद्यार्थीहरूमा संस्कार, संस्कृति र साहित्यप्रति अभिरुचि जगाउन तथा उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि ६ कक्षा माथिका प्रत्येक विद्यार्थीको हातमा बाआमा पुस्तक र प्रत्येक विद्यालयमा काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति ग्रन्थ गाउँपालिकाको तर्फबाट प्रदान गरिने अध्यक्ष गड्सिलाले बताए।

 

 

साहित्यकार रामलाल जोशीले पनि आफ्नो जन्मभूमिले यस्तो कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। ‘जन्मभूमि डोटीको बोगटान प्राणभन्दा प्यारो लाग्छ। जहाँ मैले जीवनको पहिलो सास फेरेँ,  जुन माटोमा पहिलोपटक  पाइला टेकेँ, जुन धर्तीमा मेरो  तोतेबोली फुट्यो। उक्त पालिकाले यस्तो सृजनशील कार्यक्रम गर्ने हुँदा औधी खुसी लागेको छ,’ उनले भने।

 

 

 

उनले बोगटान समृद्ध अभियानमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेका छन्। ‘अध्यक्ष गड्सिलाले थालनी गरेको अभियान बोगटान क्षेत्रको कला, संस्कृति, सभ्यता, पर्यटन, कृषि, जडीबुटी, तरकारी, फलफूल खेती र अन्य आत्मनिर्भर  व्यवसायलगायत समृद्ध बोगटानका अनेक  सम्भावना र अवसर निर्माणका लागि कोसेढुंगा साबित हुनेछ। त्यसैले सम्पूर्ण बोगटान बासीलाई यस कार्यमा साथ दिन म आग्रह गर्दछु,’ उनले भने। आफूहरूको साथले नै पालिकालाई आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम गर्न प्रेरणा मिल्ने उनले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९