मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

सर्लाही। सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा मोटरसाईकल चालक मलंगवा नगरपालिका ४ बस्ने कैलाश रायको छोरा बर्ष ३५ को घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखाना लाई बताएका छन्।दुर्घटनामा परी चालक रायको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागी बरहथवास्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।

घाईतेको अवस्था गम्भीर भएपछि थप उपचारको लगी एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई डक्टर द्वारा मृत घोषणा भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेको मोटरसाईकल ईलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?