जातीय विभेदको समुल अन्त्य गर्नुपर्छ- अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मानव  सभ्यताको कलंकका रुपमा रहेको जातीय विभेदको समुल अन्त्य गर्नुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को शुभकामना दिदै नेपालले कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैमा आव्हान गरेका छन् ।

 

 

उनले भनेका छन्- ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। मानव सभ्यताको कलङ्कको रूपमा रहेको जातीय विभेद तथा छुवाछुत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैमा हार्दिक आव्हान पनि गर्दछु ।’

 

 

उनले अगाडी भनेका छन्- ‘नेपालको संविधान तथा कानुनले जातीय छुवाछुत र सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गर्नुका साथै जातीय छुवाछुतजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ। नेपालको संविधान, विद्यमान कानून र घोषणालाई चुनौती दिँदै देशका विभिन्न भागमा दलितमाथि हत्या, भेदभाव,अपमानपूर्ण व्यवहार र बहिष्करणका घटनाले हामी सबैलाई लज्जाबोध गराएको छ। छुवाछुतमुक्त राष्ट्र घोषणालाई हामीले अपेक्षाकृत रूपमा कार्यान्वयन गर्न सकेका छैनौँ ।’

 

 

विस २०६३ जेठ २१ गते मुलुकलाई ुजातीय छुवाछुत मुक्त राष्ट्रु घोषणा गरिएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९