
काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठक सकिएको छ ।बैठकमा विपक्षी दलहरुले आफ्नो अडान नछोडेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान नछोडेपछि संसद बैठक बस्ने बारे अनिश्चितता बढेको छ ।
आज अपराहन्न १ बजेदेखि बैठक बस्ने भनिएको भएपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि बैठक अनिश्चित बनेको हो ।यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।