सिप मेलाको अवलोकनमा पुगे श्रीलंकाका कार्यवाहक राजदुत राजदूत अमरासिंघे

काठमाडौँ । नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदुत राजदूत चमीरा अमरासिंघेले काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेला श्रीलंकाका लागि पनि सिकाइ योग्य अभ्यास भएको बताएका छन् ।आज मेलाको अवलोकन गर्दै उनले, श्रीलंकामा व्यावसायिक, सिपमूलक र प्राविधिक तालिमहरु सञ्चालन भए पनि यसरी धेरै विधालाई एउटै ठाउँमा ल्याएर वृहत सन्देश प्रवाहका रुपमा सञ्चालन नभएको उल्लेख गरे । अवलोकनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारी, आयोगका सदस्य एवं कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले कक्षा सञ्चानका विधि, प्रक्रिया, तालिमका विषय छनोट लगायत विषयमा जानकारी प्रदान गरेका थिए ।

 

 

मेला अवलोकनपछि कार्यवाहक राजदूत अमरासिंघेले, काठमाडौँ महानगरपालिकाले सरसफाइ, स्वच्छता र सुन्दरतामा महसुस योग्य काम गरेको उल्लेख गर्दै सिपमेला श्रीलंकाका लागि पनि सिकाइ योग्य भएको धारणा व्यक्त गरे ।

 

 

उनले शिक्षा र सिपको सम्बन्धलाई आफ्नो वृत्ति विकासको प्रसङ्ग उल्लेख गर्दै भने, ‘मैले ए लेभलको परीक्षा सकेपछि व्युटिसियन, खाना, फेसन डिजाइनको व्यावसायिक सिप लिएँ । त्यसबेला लिएको तालिम अहिले दिनदिनै काम लागेको छ । नेपालमा श्रीलंकाका खानासँग सम्बन्धित रेष्टुरेन्टहरु खास छैनन् । हामी आफैँले आतिथ्यता गर्दा मलाई त्यस बेला लिएको तालिमको उपयोग हुन्छ ।’ उनले सिपमूलक तालिमसँग औपचारिक शिक्षाको सम्बन्ध देखाउँदै भने, ‘औपचारिक शिक्षा जति महत्वपूर्ण छ । सिपमूलक तालिम पनि उत्तिकै महत्वपूर्ण छ ।’

 

 

त्यस क्रममा निर्देशक समितिका संयोजक डा. राजभण्डारीले मेलाका आयाममा चर्चा गर्दै, थोरै समयमा पनि जीवन उपयोगी सिप सिक्न सकिन्छ, रोजगारी र आर्थिक उपार्जनका लागि देशभित्रै सम्भावना छन् भन्ने भावना जागृत गराउनु मेलाका महत्वपूर्ण उपलब्धी भएको बताए । ‘आशा बोकेर आधारभूत तालिम थालेपछि त्यसपछिका आवश्यकता थाहा हुन्छ । व्यक्ति आफैँले पनि सम्भावना र विकल्प खोज्न सक्छ ।’ उनको भनाइ थियो ।

 

 

माध्यमिक तहको औपचारिक शिक्षासँगै व्यावसायिक तालिम जोडेर सञ्चालन गरिएको, महिला लक्षित एक वडा एक नमूना उद्यम कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै कार्यान्वयन समितिका संयोजक झाले, सहरी गरिबी, गृहणी, विदेशको श्रमबाट फर्केका जनशक्तिलगायत धेरै पक्ष र समूहसँग मेला सम्बन्धित रहेको बताए । सल्लाहकार गिरीका अनुसार शैक्षिक प्रणाली, सिपमूलक तथा रोजगारमूलक तालिम, उद्यमशीलतालगायत क्षेत्रहरु दुवै देशका पालिकाहरुका बिचमा समान सम्भावना र चुनौती भएकोले आपसी कार्यक्रम सञ्चालनका विषयमा छलफल र कुराकानी भएको थियो ।

 

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९