अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

काठमाडौं। पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् ।आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको छ ।सभामुख घिमिरेले नेपालकाे सांसद पद निलम्बनमा परेकाे जानकारी अबकाे बैठकमा गराउने छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१