काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण,परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिनेछ । जुन बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ ।उता, बिधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक बिहान ९ः३० बजे बोलाइएको छ ।






















































































































































