काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटबार्ता भएको छ। सो भेटबार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।



























































































































































