हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गरिदैँछ ।उक्त पदका लागि अहिले सो प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुदैँछ ।मुख्यमन्त्री बिरूद्द अविश्वासको मत दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउने तयारी गरेका छन, हिजो उनको पक्षमा २२ मत परेको थियो भने लामा १५ मतमा सिमित भएर पदमुक्त भएका थिए ।तर, बानियासँग फेरी लामा प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

























































































































































