हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गरिदैँछ ।उक्त पदका लागि अहिले सो प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुदैँछ ।मुख्यमन्त्री बिरूद्द अविश्वासको मत दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउने तयारी गरेका छन, हिजो उनको पक्षमा २२ मत परेको थियो भने लामा १५ मतमा सिमित भएर पदमुक्त भएका थिए ।तर, बानियासँग फेरी लामा प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...






















































































































































