बागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत

रौतहट । लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ। बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस क्षेत्रका सयौं किसानहरू धान खेतीलगायत बाली सिँचाइ गर्नबाट वञ्चित हुँदै आएका थिए।

 

 

सिँचाइ समस्याका कारण कृषिमा आश्रित अधिकांश किसानहरू उत्पादनमा ह्रास आएको र धेरै जमिन बाँझै राख्नु परेको गुनासो गरिरहेका थिए। यसले गर्दा खाद्यान्न आपूर्तिमा समेत समस्या देखिन थालेको थियो। यस्तो अवस्थामा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय पहलमा अब यो समस्या समाधानको दिशामा महत्वपूर्ण प्रगति भएको छ।

 

 

 

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडा नम्बर ६ का वडा सदस्य पदका प्रत्याशी पवन ठाकुर र जय माता दी उपभोक्ता समिति अध्यक्ष तेजनारायण साहको संयुक्त पहलमा बागमती सिचाइ आयोजना कार्यालयमा पुगेर समस्या समाधानका लागि आवश्यक छलफल गरिएको थियो। सोही क्रममा तत्कालीन रूपमा डोजर मगाई नहर सफाइ तथा मर्मत कार्य सुरु गराइएको हो।

 

 

नगर प्रमुख साह स्वयं स्थलमा पुगेर सिँचाइ नहरको स्थलगत निरीक्षण गरे। निरीक्षणपछि उनले सम्बन्धित प्राविधिकहरूलाई सिँचाइ सुधार कार्य तीव्र पार्न निर्देशन समेत दिएका छन्। उनले भने, “कृषकहरूलाई समयमै पानी पुर्‍याउनु हामी सबैको जिम्मेवारी हो। यो समस्या धेरै लामो समयदेखि थियो, अब हामी यसलाई दीर्घकालीन समाधानतर्फ लैजानेछौं।”

 

 

 

स्थानीय बासिन्दाहरूले समेत जनप्रतिनिधिको यस सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन्। वडा ६ का किसान रामेश्वर यादव भन्छन्, “हामीलाई विगत केही वर्षदेखि पानीको समस्या थियो। अब सफा नहरमार्फत पानी सहजै आउन थालेको छ। धान रोप्न सकियो, अब बाली राम्रो हुन्छ भन्ने आशा छ।”

 

 

उपभोक्ता समिति अध्यक्ष तेजनारायण साहले भने, “हामीले नहर सरसफाइको लागि स्थानीय सहयोगसमेत लिएका छौं। सबैको सहभागितामा काम भइरहेको छ। यो केवल सुरु हो, हामीले अझै राम्रो बनाउने योजना बनाएका छौं।”नहर मर्मत कार्य सम्पन्न भएसँगै देवाही गोनाही नगरपालिका–५ र ६ का करिब १ हजार ५०० भन्दा बढी घरधुरीलाई सिँचाइको सुविधा सहज हुनेछ। यसले क्षेत्रको समग्र कृषि उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।स्थानीय सरकार, उपभोक्ता समिति र जनप्रतिनिधिहरूको समन्वयबाट भएको यो कार्यले अन्य क्षेत्रका स्थानीय तहहरूलाई पनि जनसहभागितामूलक विकास कार्यमा उत्प्रेरणा दिने विश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौँ,  सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।     वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न...

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

दाङ,  तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग...

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन,  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।   कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९