राहात प्याकेज बिना सुख्खाग्रस्त क्षेत्रले थप पीडित बनायो: प्रभु साह

कलैया ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए ।

 

मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् । ‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन् । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो । तर के सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो ? के सरकारले पिडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउँनु हुँदैन ? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ आजपा अध्यक्ष साहले भने ।

 

तराई मधेसमा पानीको हाहाकार छ । जलसंकट भएर किसानदेखी सर्वसधारणसम्मका व्यक्तिहरु पीडामा रहेको बताउदै सरकारको जिम्मेवारी संकटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएको बताए ।साहले पीडितलाई तत्काल राहत प्याकेज सहित दिर्घकालिन रुपमा पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने ध्यानाकर्षण गराएका छन् । मधेसमा जलसंकट देखिएपछि हेलिकप्टरमा सैयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा हावादारी गफ मात्रै भएको टिप्पणी गरे ।

 

 

‘प्रधानमन्त्रीजी हेलिकप्टरमा सैयर गर्दै आउनुभयो र पाँच सय डिप बोरिङ गाड्ने भन्नु भयो । म सोध्न चाहन्छु त्यो पाँच सय डिप बोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासंग खेलवाड गर्न पाइन्छ ?,’ आजपा अध्यक्ष साहले प्रश्न गरे । प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि तीन हप्ताभन्दा बढी समय बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन् ।

 

 

‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषाण के भयो ? तपाईले मधेसमा पाँच सय डिपबोरिङ गाडछु भन्नुभएको थियो । तर आज ती हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ–कहाँ गाडनुभयो ? डिपबोरिङ बारेमा तपाईकै सरकारी निकायलाई थाहा छैन । न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ । मधेसी जनतासंग यस्तो भद्धा मजाक किन ? तपाई त विदेशबाट महंगो मिनिरल वाटर मगाएर खानुहुन्छ । तर मधेसका जनताले साधारण पानी नपाएर तडपाउने काम किन गर्नुहुन्छ ?’

 

 

आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरेका छन् । अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन् । चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिइ जनताको भावनासंग खेलवाड गरिरहेको उनले बताए ।

 

 

सरकारले मधेश प्रदेशमा जलसंकट देखिएपछि मधेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । खानेपानीदेखि खेतीकिसानीका लागि आवश्यक पानीको हाहाकार भएपछि विपद् संकटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत पुगेको छैन् ।

 

आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्यहरु अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको विशेष सहभागिता रहेको थियो । उनीहरुले जलसंकट भएर जिल्लाका किसानदेखी सर्वसधारण नागरिकले दुख पाइरहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी, अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

लागूपदार्थ विरुद्धको आवाज घोडाघोडीबाट उठ्ने — भोलि चेतनामूलक कार्यक्रम हुँदै

कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।   दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

विराटनगर, विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९