नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग

रौतहट । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत १३ बुँदे सूचना माग गरेका छन्।

 

 

उनले २०८२ साल साउन ४ गते नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिँदै नगरपालिकाबाट विद्यालयहरूमा छात्रवृत्ति, खाजा, विज्ञान प्रयोगशाला जस्ता शीर्षकहरूमा कति रकम खर्च भएको, कुन विद्यालयमा कति रकम विनियोजन गरिएको हो भन्ने विवरण माग गरेका छन्।

 

 

 

साथै, विद्यालयहरूमा हाल कति बालबालिका छन्, राहत तथा अनुदान कोटाको संख्या कति छ, त्यसको विवरण पनि उहाँले माग गर्नुभएको छ। २०७९ सालदेखि हालसम्म विद्यालयहरूमा कति बजेट विनियोजन गरिएको छ, कुन शीर्षकमा कति खर्च भएको छ भन्ने कार्यक्रमगत विवरण माग गरिएको छ।

 

 

त्यस्तै, वडा नम्बर १ देखि ९ सम्मका विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा करार तथा नयाँ रूपमा कति नियुक्ति भएका छन्, कुन पदमा को–को नियुक्त भएका छन् भन्ने नामावलीसहितको सूचना माग गरिएको छ। राजदेवी नगरपालिकाले नगरस्तरीय योजना अन्तर्गत कुन–कुन वडामा कति योजना सञ्चालन गरेको हो भन्ने विवरण पनि माग गरिएको छ।

 

 

स्वास्थ्य क्षेत्रमा २०७९ सालदेखि हालसम्म कति बजेट छुट्याइएको छ, आयुर्वेदमा कति रकम विनियोजन भएको छ, कुन किसिमको औषधिहरू उपलब्ध छन् भन्ने विवरण पनि सोधिएको छ। साथै, नगरपालिकाबाट कृषि क्षेत्र अन्तर्गत धान र गहुँको बीउ, मोटर, बोरिङ्ग, च्यास्फर्म, पोल–तार वितरण गरिएको कागजात मागिएको छ।

 

 

 

बेरुजुसम्बन्धी विवरणमा नगरपालिकामा हालसम्म कति बेरुजु छ, पहिलेको कति थियो, फछ्र्यौट भएको रकम कति हो र कुन कर्मचारी वा व्यक्तिको नाममा कति बेरुजु रकम छ भन्ने विस्तृत विवरणसहित नामावली माग गरिएको छ। नगरपालिकाले टिपर, डोजर, कल्टिभेटर, एम्बुलेन्सलगायतबाट २०७९ सालदेखि हालसम्म कति आम्दानी गरेको छ भन्ने विवरण पनि उक्त निवेदनमा समेटिएको छ।

 

 

वडा नम्बर १ मा २०७९ सालदेखि हालसम्म कुन शीर्षकमा कति रकम बजेट गरिएको हो, कार्यालयको महिनाको भाडा, रंगरोगनको खर्च, अफिस सञ्चालन खर्चजस्ता विवरण पनि समावेश छन्। श्री माध्यमिक विद्यालय पथरामा २०७९ सालदेखि हालसम्म कुन शीर्षकमा कति रकम खर्च भएको हो भन्ने विवरण र त्यसको नामावलीसमेत माग गरिएको छ। अन्त्यमा, नगरपालिकाबाट सञ्चारमाध्यमलाई दिइएको रकम कति हो, कुन मिडियालाई कति दिइएको हो भन्ने नामावलीसहितको विवरण पनि यादवले माग गरेका छन्।

 

 

 

निवेदक प्रभु राय यादवले नागरिकले सूचनाको हक प्रयोग गरेर सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहितामा नागरिक निगरानीको अभ्यास गर्न सक्ने बताउँदै यस्तो माग गर्नु नागरिकको अधिकार मात्रै नभई कर्तव्य पनि भएको उल्लेख गरेका छन ।यादवका अनुसार निवेदन दर्ताका लागि साउन ४ गतेदेखि पाँच दिनसम्म पटक–पटक कार्यालय गइसकेपछि बल्ल साउन १८गते आइतवार निवेदन दर्ता गरिएको हो।

 

 

 

प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले नगरपालिकाका अधिकांश कर्मचारी भारतको देवघरलगायतका स्थानमा तिर्थ गर्न गएको हुँदा सूचना पाउन अझै महिना दिन लाग्न सक्ने प्रतिक्रिया दिएका छन्। यादवले नगरप्रमुख भिखारी यादवलाई समेत यस विषयमा जानकारी गराइसकेको बताए ।

 

 

 

सूचना अधिकार ऐन २०६४ अनुसार, निवेदन परेको मितिदेखि १५ कार्य दिनभित्र आवश्यक सूचना उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ। यदि सो समयमा पनि सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा उजुरी दिन सकिने प्रावधान छ।यस घटनाले जनताले सार्वजनिक कार्यालयमाथि निगरानी राख्न, बजेट पारदर्शिता माग गर्न र सुशासन सुनिश्चित गर्न सूचना हकलाई प्रभावकारी रूपमा प्रयोग गर्न थालेका छन् भन्ने स्पष्ट सङ्केत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले सचिवालय बैठक शनिबार बस्ने

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।   गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११आँै महाधिवेशन...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ । मिलेई नेतृत्वको ला लिबर्टाड...

आगामी पुसमा बाघ गणना गरिने

चितवन, आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको...

मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान : ‘देशभर वर्षा हुन्छ’

काठमाडौँ,  हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९