रौतहटमा बिपद र उद्वारमा सशष्त्र प्रहरी सक्रिय

रौतहट ।रौतहट स्थित बिपद तथा राहत उद्धार कार्यमा सशस्त्र प्रहरीको प्रशंसनिय भूमिका देखिएको छ।गत माघ ३० गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटकाे प्रमुखको रुपमा एसपी सन्तोष कुमार बस्नेतले जिम्मेवारी सम्भाले पछी विविध घटनाहरूमा सशस्त्र प्रहरीको सक्रियता प्रशंसनिय देखिएको हो।

 

एस्पी बस्नेतका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म सवारी दुर्घटना उद्धार ६२ वटा, आगलागी नियन्त्रण ४० वटा, नदी तथा खोलामा नुहाउने क्रममा भएका ८ वटा घटनाहरूमा उद्धार तथा शव खोज कार्यमा ६८० जना सशस्त्र प्रहरी परिचालित भएको छ।

 

ती घटनाहरूमा ६ जना मृतककाे शव निकालिएको छ भने एकको जीवित उद्धार गरिएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर हालसम्म तीन भारतीय नागरिकको ज्यान गएको छ भने एक महिलाको जीवित उद्धार गरिएको छ।

 

पहिलो घटना साउन ९ गते साँझ ५ बजे  भारत, बिहारको सितामढी जिल्लास्थित मुसहरी ग्रामपञ्चायत–९ निवासी १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय निलम कुमार राजवंशी बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

 

पवनको शव साउन १० गते र निलमको शव साउन ११ गते फेला परेको हो।दोस्रो घटना साउन १७ गते बिहान ७:३० बजे बिहार, कटिहार जिल्लाका ३० वर्षीय रोहित कुमार सिंह मादक पदार्थ सेवनपछि नदीमा पसेर डुबेका थिए। उनको शव पनि साउन १९ गते फेला परेको हो।

 

आत्महत्या प्रयासबाट जीवन रक्षाः साउन ४ गते साँझ ५:४५ बजे भारतको कटिहार जिल्लाको भुटा थाना निवासी ४५ वर्षीय रामवीर महतोले आत्महत्या प्रयासस्वरूप बागमती नदीमा हाम फालेका थिए।तर, सशस्त्र प्रहरीको विपद् उद्धार टोलीले स्थानीयवासीको सहयोगमा उनलाई जिउँदै उद्धार गर्न सफल भयो। पछि उनलाई उनको श्रीमतीको जिम्मा लगाइएको थियो।

 

सशस्त्र प्रहरीको उल्लेखनीय भूमिका: उपरीक्षक सन्तोष कुमार बस्नेतको नेतृत्वमा सञ्चालित विपद् उद्धार टोलीले हालसम्म ६ जनाको खोज तथा उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।मृतकका शवहरू कानुनी प्रक्रिया अनुसार पीडित परिवारलाई जिम्मा लगाइएको छ भने जीवन संकटमा परेकाहरूको उद्धारमा टोलीले तत्परता देखाएको छ।

 

नदी सुरक्षाप्रति गम्भीर ध्यानको आवश्यकता: गर्मीको मौसममा बागमती नदीमा नुहाउने र पौडी खेल्नेक्रममा यस्ता घटनाहरू बारम्बार हुने गरेको पाइन्छ। यसपटक डुबेर मृत्यु भएका अधिकांश व्यक्ति भारतीय नागरिक हुन्।नदीको आसपासमा चेतावनी संकेतको अभाव, मादक पदार्थ सेवनपश्चात नदीमा पसेर हुने दुर्घटना, तथा नियमित निगरानीको कमीले यस्तो समस्या दोहोरिएको देखिन्छ।

 

समाधानका उपायहरू: विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता सर्वसाधारणमा आश्वासन जगाउने खालको भए पनि, यस्ता घटना न्यूनीकरण गर्न स्थानीय तह, प्रहरी प्रशासन तथा जनप्रतिनिधिहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै चेतावनी बोर्ड राख्ने, नियमित गस्ती गर्ने र नदी सुरक्षामा प्राथमिकता दिने कार्यहरू आवश्यक देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले सचिवालय बैठक शनिबार बस्ने

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।   गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११आँै महाधिवेशन...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ । मिलेई नेतृत्वको ला लिबर्टाड...

आगामी पुसमा बाघ गणना गरिने

चितवन, आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको...

मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान : ‘देशभर वर्षा हुन्छ’

काठमाडौँ,  हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९