अनिल झाले छाडे लोसपा, प्रवक्तावाट हटाइए मनिष मिश्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालवाट अनिलकुमार झाले राजिनामा दिएका छन् ।लामो समय देखी लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् ।बिगत एक बर्ष देखी नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजिनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्विकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले न्युज कारखानालाई बताए ।

 

‘उहाँ लामो समय देखी लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिना अघि उहाँले ह्ववाटसपवाट अध्यक्षज्यूलाई राजिनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वकिृत गरिसक्नु भएको छ,’ उनले भने ।यसबारेमा झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिना अघि राजिनामा दिए पनि तर राजिनामाकाे मितिमा भने अघिल्लाे बर्षकाे मिति उल्लेख छ  ।समाचार अनुसार उनी लाेसपामा नै रहदाँ पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिन्ह लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन् ।

 

सो पार्टी सिरहाका रामकुमार महताे नामका एक जना पुराना सदभावना नेताको नाममा दर्ता रहेको छ । उनले महताेकाे नाममा पार्टी दर्ता भए पनि झाले अध्यक्षकाे हैसियतमा साेही नाममा निर्वाचनमा आयोगमा दर्ता गराए पछि महताेले आफुलाई ‘अपहरण गरेर सो पार्टी कब्जा गर्न खोजेको’ भन्दै आयोगमा उजुरी दिएका छन्, जो अहिले पनि मुद्दा चलिरहेको छ। तर, उनले झालाई सो पार्टी दिन चाहिरहेका छैनन्। र, निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन नसकेको बुझिएको छ।

 

‘उहाँले पार्टी दिनका लागि बिभिन्न अफर गर्नु भएकाे थियाे, पार्टी नै हाे कसरी उहाँलाइ दिन सकिन्छ, मैले दिएकाे छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ,’ महताेले भने । यता, एक महिना अघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। खासमा केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिए पछि उनको पद खोसिएको बुझिएको छ।

 

‘सहमति अनुसार शरदसिंह भण्डारीले अब राजिनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिब्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्तावाट राजिनामा दिन लगाएका थिए । उनले प्रवक्तावाट राजिनामा दिए पनि महासचिव पद भने कायमै रहेको छ ।

 

श्रम मन्त्री भण्डारी ओलीको कार्याकाल भरी रहने सहमति भए पनि मिश्रले सो बिपरित अभिब्यक्ति दिए पछि उनको राजिनामा माग गरिएको हो । स्रोतका अनुसार भण्डारी ओलीको कार्यकाल भरी रहने छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने गरी सहमति भइसकेको छ ।यद्दपी, यसअघिको सहमति अनुसार भण्डारीले १ बर्ष मात्रै मन्त्री बन्ने र राजिनामा दिएर अर्को ब्यक्ति पठाउने सहमति भएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९