संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक नबनेकोमा आक्रोश ब्यक्त गरेका छन् ।उनले आफ्नो माग सम्बोधन नभएमा संसदमा नै अनसन बस्नेसमेत चेतावनी दिएका छन् ।आफूले पटक पटक सो बिषय उठान गरे पनि सम्बोधन नभएको भन्दै अनसनको चेतावनीसमेत दिएका छन् ।

 

‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो, आजसम्म बनेको छैन, जनताले सडकमा धान रोपाइँ गर्दैछन् । रकारलाई रुलिङ हुनुपर्‍यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु,’ उनले भने ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?