मानवअधिकार आयोगद्वारा अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौँ,  राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रदर्शनको आयोगको अनुगमन टोलीले गत भदौ २३ गते बिहान करिब १०ः३५ मा प्रदर्शनस्थल माइतीघरमण्डलामा पुगी अनुगमन सुरु गरी हालसम्म निरन्तर रूपमा अनुगमन गरिरहेको र हालसम्मको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । आयोगले अनुगमनका क्रममा टोलीले प्रदर्शनकारीतर्फ र सुरक्षाकर्मीतर्फका घाइते तथा मृतकको अवस्थाका सम्बन्धमा जानकारी लिएको र विभिन्न अस्पतालमा घाइतेहरूको उपचार नेपाल सरकारबाट निःशुल्क भएको भन्ने जानकारी पाएको जनाएको छ ।

 

उपचारपश्चात केही घाइतेहरू घर फर्किएका र केही घाइते हालसम्म पनि उपचारमा रहेको भन्ने जानकारी पाइयो । आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्राप्त गरेको विवरणअनुसार सर्वसाधारणतर्फका नौ सय ३८ जना घाइते भएका र ४५ जनाको मृत्यु भएको पाइएको छ । सुरक्षाकर्मीतर्फ तीन जनाको मृत्यु भएको, एक हजार ३७९ जना घाइते भएको, एक सय ३७ जना अस्पताल भर्ना भएकामा हाल नौ जना उपचाररत रहेको भन्ने पाइएको छ । मृतक सुरक्षाकर्मीका परिवारका सदस्यलाई राहत उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रक्रिया सुरु भएको उल्लेख छ । आयोगले भौतिक क्षतिको अवस्थालाई हेर्दा सिंहदरबार परिसरका सरकारी भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौँ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, अन्य सरकारी भवन, राजनीतिक दलका नेताहरूको निवास, व्यावसायिक भवन तथा निजी आवास, सञ्चारगृह र प्रहरी कार्यलयमा अत्यधिक क्षति भएको, कागजपत्र तथा अभिलेख, जिन्सी सामान र सवारीसाधन जलेको पाइएको उल्लेख छ ।

 

सेवा सञ्चालनको अवस्थालाई हेर्दा घटनापश्चात हाल सबै निकायहरूले सेवा सञ्चालन गरेको र कतिपय निकायले पाल टाँगेर तथा अन्य उपलब्ध स्थानमा उपस्थित भई कार्यालयको सेवा सञ्चालन गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलहरूको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ । प्रतिवेदनमा सरकारी निकायका केही कर्मचारीहरूमाथि भएको कुटपिटका कारण सेवा प्रदान गर्न मनोबल कमजोर हुनुका साथै असुरक्षित महसुस गरेको पाएको उल्लेख छ । आयोगले सुरक्षाकर्मीको भवनलगायत सवारीसाधनमा क्षति भएका र सुरक्षाकर्मी तथा कर्मचारीको मनोबल खस्केको कारणले गर्दा सुरक्षा निकायबाट तत्काल स्वःस्फूर्त रूपमा समस्या सम्बोधन हुन नसकेको कारणले गर्दा शान्ति सुरक्षा जोखिममा रहेको पाइएको छ ।

 

सुरक्षा कर्मचारीहरूको मनोबल खस्केको र लुटिएका हातहतियारसमेत फिर्ता नआएको र कारागार तथा हिरासतबाट बाहिर निस्केका सबै कैदीबन्दी फिर्तासमेत नआइसकेको अवस्थामा समाजले असुरक्षा महसुस गरिरहेको पाइएको उल्लेख छ । प्रतिवेदनमा समुदायस्तरबाट समेत केही क्षतिग्रस्त प्रहरी कार्यालयहरूको निर्माण÷मर्मतको कार्यमा योगदान भई पुनःस्थापना भई सेवा सञ्चालन हुँदा शान्ति सुरक्षामा सकारात्मक सुधार हुँदै गएको पाइएको उल्लेख छ । प्रतिवेदनमा कारागार व्यवस्थापन विभागले प्रदर्शनका क्रममा कारगारबाट निस्केका कैदीबन्दीलाई फिर्ता ल्याउन, जलेका अभिलेखहरूको व्यवस्थापन तथा कैदीबन्दीबीचको अन्तरघुलन र सुरक्षा व्यवस्था अनुकूल बनाउँदै गएको भन्ने भनाइ रहेको उल्लेख छ । आयोगले ७५ वटा कारागारमा रहेका २९ हजार कुल कैदीबन्दी रहेकामा २७ वटा कारागारबाट १४ हजार ४५५ जना कैदीबन्दी भागेकामा अनुगमनका क्रममा करिब सात हजार ५०० फिर्ता भएका र अन्य सम्पर्कविहीन भएका भन्ने जानकारी पाइएको प्रतिवेदनमा छ ।

 

प्रतिवेदनमा सिन्धुली तीन, धादिङ दुई र बाँकेमा पाँच गरी १० जना कैदीबन्दीको मृत्यु भएकोसमेत उल्लेख छ । आयोगको प्रतिवेदनमा प्रदर्शनका क्रममा बालबालिको मृत्यु तथा घाइते हुनु शैक्षिक संस्थाहरू क्षतिग्रस्त हुनु र अभिभावक तथा बालबालिका तथा शिक्षकहरू भयभित भई नियमित रूपमा शैक्षिक संस्थाहरू सञ्चालन नभएको पाइएको उल्लेख छ । केही शैक्षिक संस्थाहरूले अनलाइनमार्फत पठनपाठन सञ्चालन गरेता पनि सबै विद्यार्थीहरू सहज रूपमा पहुँच नभएको पाइएको र अभिभावक तथा विद्यार्थीहरूमा भयभित वातावरण रहेकाले नियमित पठनपाठनमा समस्या रहेको उल्लेख छ । साथै, बाल मनोविज्ञानमा समेत असर परेको प्रतिवेदनमा भनिएको छ । आयोगले प्रदर्शनका क्रममा काठमाडौँमा सुरक्षाकर्मीको गोली लागी पाँच जना घाइते भएको, केही सञ्चारकर्मीमाथि भौतिक आक्रमण भएको, आगजनी तथा तोडफोडका क्रममा कान्तिपुर, अन्नपूर्ण पोष्ट, हिमालयन टिभी तथा अन्य मिडियामा तोडफोड तथा आगजनी भएको, देशभरको तथ्याङ्क सङ्कलन भइरहेको भन्ने जानकारी पत्रकार महासङ्घबाट पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्राइम टिभी र न्यूज–२४ को प्रेस लेखेको लागायत चारवटा गाडीमा क्षति भएको, सञ्चारकर्मी निर्भिक रूपमा समाचार सङ्कलन, लेखन तथा प्रसारण गर्नमा भय पैदा भएको, समग्रमा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा चुनौती रहेको पाइएको प्रतिवेदनमा छ । रोजगारीको अधिकार अवस्थालाई अध्ययन गर्दा व्यावसायिक प्रतिष्ठानहरूको क्षतिले कार्यरत कर्मचारीहरूको रोजगारी सुनिश्चित नभएको र यसले बेरोजगारीको समस्या निम्त्याउन सक्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । —

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जलजलामा ‘गोठस्टे’ सञ्चालन

जलजला (म्याग्दी),  म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ ।समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला...

एक करोडमा अतिथि गृह निर्माण

पर्वत  समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ ।जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कालाञ्जर पहाडमा अध्ययन, अवलोकन र घुम्नका लागि आउने पर्यटकहरुलाई लक्षित गरी रु एक करोडभन्दा बढीको लागतमा अतिथि...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९