Baigyanik Media

Advertisement

Skip Ad

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

महोत्तरी,  बर्दिवास नगरपालिका–३ स्थित कालीदमार तथा रातु महिला सामुदायिक वन संरक्षित गरिएपछि वन्यजन्तु र पक्षी निकै बढेका छन् । बर्दिवास–३ को चुरेकाछको बस्ती कालापानीका २१० घर उपभोक्ता रहेका यी दुवै वन क्षेत्रमा चरीचरण र सिकार पूर्ण रुपले बन्द गरिएपछि वन्यजन्तु तथा पक्षीको सङ्ख्या निकै बढेको हो । करिब ३५९ हेक्टरको कालीदमार र ३५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीकै बासिन्दा उपभोक्ता छन् । एउटै क्षेत्रभित्रको दुवै वन भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउन महिलाकै प्रत्यक्ष भूमिका हुनेगरी रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । रातु महिला सामुयिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।
“एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ”, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझी भन्नुहुन्छ, “खासगरी वन संरक्षणमा यहाँका महिलाले देखाएका अग्रसरता अनुकरणीय छ ।” वनमा चरीचरण पूर्ण बन्द गरिएपछि एक÷दुई वर्ष पहिलेका पोथ्रा हलक्क बढेका रायमाझीको भनाइ छ । अहिलेको कालीदमार वनक्षेत्रमै कालापानी उद्यान (पार्क) पनि छ । बिपी राजमार्गको दायाँबायाँ पर्ने यो वनक्षेत्रमा अहिले मयुँर र लुइँचे पक्षी बाक्लै बढेका छन् ।
यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या बढेको रायमाझीले बताउनुभयो । कालापानी उद्यानको संरक्षित वन क्षेत्रका हरिण त मान्छेसँग रतिएर खेल्ने गरेका उहाँको भनाइ छ । वन क्षेत्रको संरक्षण चासो घरघरका महिलाले लिने गरेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठ बताउनुहुन्छ । “वन संरक्षणको कुरामा हामी मोलाहिजा गर्दैनौँ, सबै महिला पहरेदारी गर्छौं”, श्रेष्ठ भन्नुहुन्छ, “यो सामूहिक प्रयत्नले वन अहिले जोगिएको मात्र होइन बढेको छ ।” संरक्षणको सवालमा दुवै वन उपभोक्ता समितिबीच आपसी समन्वय हुने गरेको उहाँको भनाइ छ ।
उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको थरिथरिका चिरिबिर (कलरब) ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटक दङ्ग पर्छन् । “नाउँ नै नजानिएका थरिथरिका चराचुङ्गी निकै बढेछन्, अनि उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मान्छे छिर्न नमिल्ने बन्दोबस्त रहेछ”, उद्यान अवलोकनमा पुग्नुभएका होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना देखिन्छ ।” स्थानीय प्रयत्नमा राज्यका निकायको भरथेग हुनसके यो ठाउँ पर्यटकको मन लोभ्याउने गन्तव्य बन्ने कार्कीको कथन छ ।
महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिवास नगरपालिका क्षेत्रमा मात्र छ । यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन् । “यही नै महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरा देवी शक्तिपिठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलासहितका फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पाहाडी थुम्का छन्”,
बर्दिवासका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके समृद्धि हामी प्राप्त गर्न सक्छौँ ।” यसका अतिरिक्त विदेहराज जनकको विद्वतसभाका महाज्ञानी अष्टावक्रको जन्मस्थान पनि यहीँकै चुरेकाछको हालको रजबासमा रहेको मानिएको छ । यी स्थलको समयोचित विकास तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्ने गौतमको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो

काठमाडौँ,  नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिनेमा यस वर्ष चतुर्थी तिथि वृद्धि भई छैटौँ दिन स्कन्दमाताको पूजाआराधना...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौँ, जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापितः संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण,...

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापितः संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण,...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी गत असोज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काम नगरी अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

काठमाडौँ,  सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९