पाकिस्तान–अफगानिस्तानबीच तात्कालिक युद्धविरामको सहमति

(रासस/एएफपी) : पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले यसअघि कायम युद्धविराम तोडेको थियो । गत एक सातादेखि दुई देशबीच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौं सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि यो दुवै देशबीचको सबैभन्दा भीषण द्वन्द्व मानिएको छ । कतारको विदेश मन्त्रालयद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा भनिएको छ,“दुवै पक्षले तात्कालिक युद्धविराम लागू गर्ने र दीर्घकालीन शान्ति तथा स्थायित्वका लागि आवश्यक संयन्त्रहरू स्थापना गर्ने सहमति गरेका छन् ।” आगामी दिनमा यो सहमति कार्यान्वयनका लागि थप वार्ता गरिने बताइएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै लेख्नुभयो,“अफगान भूमिबाट पाकिस्तानमा गरिने आतङ्कवादी गतिविधि तत्काल रोकिनेछ । दुवै छिमेकी राष्ट्रहरूले एकअर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नेछन् ।”
उहाँले आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः वार्ता हुने जानकारी पनि दिनुभयो । अफगानिस्तान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले पनि युद्धविराममा सहमति भएको जनाउँदै भन्नुभयो, “दुवै देशले अब कुनै पनि आक्रामक कार्य नगर्ने, न त यस्ता समूहलाई समर्थन गर्ने जसले पाकिस्तानमा आक्रमण गर्ने प्रयास गर्छन् ।” दुबै मुलुकका रक्षा प्रतिनिधिहरूले दोहामा सम्झौतापछि हात मिलाएको तस्बिर पनि सार्वजनिक गरिएको छ । मानिसहरू अझै डराइरहेका छन् यस पछिल्लो झडपको मूल कारण सुरक्षा चुनौतीहरू नै मानिएको छ । तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा विशेष गरी अफगान सीमा क्षेत्रमा आतंकवादी आक्रमणहरू तीव्र रुपमा बढेका छन् ।
पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) जस्ता सशस्त्र समूहहरूले आक्रमण गरिरहेको आरोप लगाउँछन्, जुन आरोप अफगान तालिबानले अस्वीकार गर्दै आएको छ । सीमा झडप अक्टोबर ११ मा चर्किएको थियो, जब तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी भारतको भ्रमणमा रहेका बेला काबुलमा विस्फोट भएको थियो । त्यसको केही दिनपछि तालिबान लडाकूहरूले पाकिस्तानको दक्षिणी सीमामा आक्रमण गरे, जसपछि पाकिस्तानले कठोर जवाफ दिने चेतावनी दिएको थियो । तालिबानका एक वरिष्ठ अधिकारीका अनुसार, पाकिस्तानले शुक्रबार राति अफगानिस्तानको पक्तिका प्रान्तमा तीन स्थानमा हवाई आक्रमण ग¥यो ।
एक स्थानीय अस्पतालका अनुसार, ती आक्रमणमा दुई बालबालिकासहित १० सर्वसाधारणको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकमध्ये तीन जना क्रिकेट खेलाडी थिए । तालिबान प्रवक्ता जबीउल्लाहले भन्नुभयो,“वार्ता टोलीको गरिमा र शान्तिप्रति प्रतिबद्धता जनाउन हाम्रा लडाकूहरूलाई गोली नचलाउन आदेश दिइएको छ ।” अफगानिस्तानको दक्षिणी सहर स्पिन बोल्दाकका एक मन्त्री सादुल्लाह तोरजानले भन्नुभयो,“स्थिति अहिले केही सामान्यजस्तो देखिए पनि युद्धको डर अझै बाँकी छ। मानिसहरू अझै त्रसित छन् ।” युद्धविरामको सहमति शान्ति स्थापनाको दिशामा सकारात्मक सङ्केत भए पनि स्थायी समाधानका लागि गहिरो संवाद, विश्वासको पुनर्निर्माण, र दुवै देशको स्पष्ट सुरक्षा रणनीति आवश्यक देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९