Baigyanik Media

Advertisement

Skip Ad

सहिद इन्दिरा–राधा प्रथम वाइसिएल फुटबलः रतन्छा विजयी

खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘सहिद इन्दिरा–राधा प्रथम वाइसिएल कप फुटबल प्रतियोगिता’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले जितेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाइसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएका वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका–३ बास्पानी र साकेला गाउँपालिका–५ मात्तिमले सेमिफाइनलिष्टमा पुगेका छन् ।
स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुई वटा टोलीले नगद पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार र रु १०÷१० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वाइसिएल वडा कार्यसमितिका अध्यक्ष उत्तम राईले जानकारी दिनुभयो । प्रतियोगिताको विद्यागततर्फ अनुशासित टोलीमा बास्पानी, उत्कृष्ट खेलाडीमा रतन्छाका बालकेसर राई, सर्वाधिक गोलकर्तामा साकेला फुटबल क्लबका अल्बर्ट राई, उत्कृष्ट मिडफिल्डरमा सोल्माका विकास राई, उत्कृष्ट डिफेन्डरमा सोल्माकै सनम राई, उत्कृष्ट गोलरक्षकमा रतन्छाका रितेस राई र उत्कृष्ट प्रशिक्षकमा रतन्छाकै एञ्जल राई घोषित हुनुभएको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगिता अवधिभरका अनुशासित टोली बास्पानीलाई नगद रु तीन हजार तथा अरुलाई नगद रु दुई÷दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई सहिद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सुरेशकुमार राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई, वाइसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीलगायतले संयुक्त रूपमा नगदसहितको पुरस्कार वितरण गर्नुभयो । गत असोज ३० गतेदेखि सुरु भएको फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको थियो । तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका सहिदहरू (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
सहिद इन्दिराको विसं २०५९ असार ३१ गते खोटाङको टुवाखोलामा पति, माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित, राधाको विसं २०६३ जेठ १ गते सर्लाहीमा हत्या भएको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिनुभएको छ । उक्त प्रतियोगिताका लागि देश तथा विदेशमा रहनुभएका शुभेच्छुकले स्वतःस्फूर्त रूपमा पुरस्कार राशि तथा व्यवस्थापनका लागि आवश्यक खर्च उपलब्ध गराउनुभएको माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिनुभयो । वाइसिएल नेपाल वडा कार्यसमितिको आयोजनामा जिल्लामै पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीसमेत उत्साहित भएका छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९