Baigyanik Media

Advertisement

Skip Ad

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौँ,  विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको छ ।
नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । विश्वमा हाल चार हजारदेखि सात हजारको सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । पछिल्लो समय नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान तथा तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । तथ्याङ्कअनुसार चीनमा दुई हजार ५००, मङ्गोलियामा ९५३, भारतमा ७१८, नेपालमा ३९७ र भुटानमा १३४ हिउँचितुवा रहेका छन् । हिउँचितुवा संरक्षणमा देखिएका आन्तरिक चुनौतीमा बासस्थानको ह्रास र आहारका लागि शिकार प्रजातिको कमी होभने बाह्य चुनौतीमा चोरीशिकारी र गैरकानुनी व्यापार हो ।
यसका साथै हिउँ चितुवासँग हुने द्वन्द्व घटाउन स्थानीयलाई सचेत गराउने र समयमा उचित क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले पछिल्लो समय बासस्थानको गुणस्तर र आहारा प्रजातिमा कमी आउनु नै हिउँचितुवाको संरक्षणको मुख्य चुनौती रहेको बताउनुभयो । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको र यसको प्रभावले हिउँचितुवाको बासस्थानमा ह्रास आएको उहाँले बताउनुभयो । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको देखिन्छ ।
“यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले कहिलेकाहीँ स्थानीयले पासो थाप्ने, आहारामा विष मिसाउने गरेको तथा भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन्”, महानिर्देशक डा पौडेलले भन्नुभयो । हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँचितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । हिउँचितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँचितुवा लजालु प्रकृतिको हुन्छ ।
त्यसैले यसलाई भेट्न गाह्रो हुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मन्त्रालयसँगको समन्वयमा हिउँचितुवासँग स्थानीयको द्वन्द्व घटाउन विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हिउँचितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउने कार्यक्रममा सहयोग गर्दै आएको कोषका सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिनुभयो । “यस बाहेक मनाङमा हिउँचितुवाको संरक्षणका लागि समुदायमा आधारित संरक्षण कार्यक्रम गर्दै आएका छौँ, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण संरक्षण क्षेत्रमा क्यामेरा ट्रयापमार्फत अनुगमन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।
वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् । यस लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखनलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवाला विज्ञको भनाइ छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले डब्लुडब्लुएफले मन्त्रालयसँगको समन्वयमा हिउँचितुवाको संरक्षणका लागि बासस्थानमा क्यामेरामार्फत अनुगमन, समुदायको संलग्नतामार्फत द्वन्द्व कम गर्नेलगायत विभिन्न काम गर्दै आएको बताउनुभयो ।
“यसबाहेक हिउँचितुवा संरक्षणका लागि सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय समन्वय र सहयोगमा आवश्यक कार्यक्रम, बैठक, अन्तरक्रिया गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ ।
तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् । नेपालको कञ्चनजङघामा देखिएको हिउँचितुवा आहारको खोजीमा भारत हुँदै भुटानसम्म पुगेको मन्त्रालयको तथ्याङ्क छ । तसर्थ यसको संरक्षणका लागि कुनै एक देशको प्रयास मात्र सम्भव नहुने भएकाले द्विपक्षीय तथा अन्तरराष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ । भीष्मराज ओझा/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौँ,  विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित...

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौँ,  विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९