युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

हेटौँडा (मकवानपुर),  विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ । पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौँ उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् । जम्मा ३६ परिवारको मात्र बसोबास रहेको उक्त गाउँमा हरेक घरको आँगनमा हरियो बोटबिरुवा फस्टाएका छन् ।
यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन् । उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन् । विद्यालय बिदाका दिन साना बालबालिका पनि बारीमा भेटिनुले यसलाई पुष्टि गरेको छ । गाउँका किसानले गर्वका साथ भन्छन्, “हाम्रो बारीले कति इन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन इन्जिनियर फलाउँछ ।” यहाँका धेरैजसो घरका छोराछोरीले बारीको आम्दानीबाट प्राविधिक शिक्षा हासिल गरेका छन् । उननतीस वर्षीय सिभिल इन्जिनियर मिलन गुरुङ भन्नुहुन्छ, “म काठमाडौँको कलेजमा पढ्थेँ, तर मेरो पढाइको शुल्क यही बारीको तरकारीले तिर्यो, अहिले जब म पुल र सडक डिजाइन गर्छु, म सोच्दछु– यो मेरो बारीको माटो र बुबाआमाको पसिनाले सम्भव गराएको हो ।”
गुरुङलाई यो बारी र माटोमा यति लगाब छ कि चाडपर्वमा घर आउँदा पनि उहाँलाई बारीमा काम गर्न मन पर्छ । उहाँ थप्नुहुन्छ, “हामीलाई यो बारीले आर्थिक रूपमा सक्षम बनाएको छ, त्यसैले म बिदा हुँदा घुम्नभन्दा पनि यहीँ माटोमा पसिना बगाउन घर आउने गर्छु ।” गुरुङका अनुसार यस वर्ष मुलाको मूल्य राम्रो भएकाले आम्दानी पनि मनग्य भएको छ । काठमाडौँबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिक रूपमा अत्यन्तै मनोरम भए पनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ । उहाँको खेतबारीमात्र होइन, त्यो एउटा विद्यालय हो, जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ ।
मिलनमात्र होइन, गाउँका अन्य युवा अहिले नर्सिङ, कृषि विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर प्राविधिकजस्ता विषय पढिरहेका छन् । कतिपय जागिरमा छन् । यसै कारण गाउँमा बाहिरबाट आउनेले भन्छन्, “यो त साँच्चै इन्जिनियर बनाउने बारी रहेछ ।” यही नामले गाउँको परिचयसमेत फेरिएको छ । स्थानीय बूढापाका भन्छन्, “पहिले बारी बाँझो हुन्थ्यो, अहिले बारी हराभरा छ ।” उनान्साठ्ठी वर्षीया बुद्धिमाया तामाङ चखेलकी जीवन्त उदाहरण हुनुहुन्छ । श्रीमान् बेपत्ता भएपछि उहाँका लागि बाँच्ने आधार एक टुक्रा बारी मात्र थियो । पहिले मकै लगाउनुहुन्थ्यो, जसले वर्षभरि खान पनि पुग्दैनथ्यो ।
तर अहिले त्यो बारीमा गोलभेँडा, काँक्रो, बन्दा र सिमी लहलहाउँछ । तामाङ भन्नुहुन्छ, “पहिले मकै बाली काटेर ज्याला गर्न जान्थेँ, अहिले तरकारी बेचेर महिनामा रु ३०–४० हजार कमाउँछु, छोराछोरी पढाइ सकेर अब आफ्नै बलमा अघि बढिरहेका छन् ।” तामाङ विवाह गरेर आउँदा यो गाउँमा धेरै दुःख थियो । अन्नबालीले वर्ष नधान्ने कारण ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो । तर समयसँगै खेती गर्ने तरिका फरक भएको र जीवन पनि बदलिएको उहाँको भनाइ छ । सुत्केरी हुँदासमेत खान धौधौ परेको सम्झँदै उहाँ भन्नुहुन्छ, “हामीले नजानेर दुःख पाएका रहेछौँ, बाटो बन्यो । हामीले तरकारी रोप्न थाल्यौँ, अनि पसिना पनि त्यही बारीमा बगायौँ, अहिले दुःखबिमार हुँदा पनि रकम साथमा हुन्छ ।” बारीले उहाँको छोराछोरी पढाउन र घर धान्न सजिलो भएको छ । हाल उहाँका दुई छोरी र एक छोराले कक्षा १२ पास गरिसकेका छन् ।
श्रीमान् बेपत्ता भएर समस्यामा परेको उहाँको परिवारलाई तरकारीखेतीले सहज बनाएको छ । काठमाडौँ र हेटौँडासम्मको यातायात सहज हुँदा किसानले बिहानै तरकारी सङ्कलन गरेर बजार पठाउँछन् । उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पुँजी पनि जम्मा हुनथालेको छ । सिँचाइले ल्याएको हरियाली इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङ भन्नुहुन्छ, “हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ, अहिले गाउँमा उत्पादनमा दोब्बर वृद्धि भएको छ ।” स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली र प्रविधिमैत्री खेतीको अभ्यासले उत्पादनमा वृद्धि भएको अध्यक्ष तितुङले बताउनुभयो । साथै, काठमाडौँ र हेटौँडा बजारसम्म सहज यातायात पुगेकाले किसानले आफ्नो उत्पादन सजिलै बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । काठमाडौँ उपत्यकाको सिमाना पार गरेपछि पुगिने यो ठाउँ पर्यटकका लागि गन्तव्य बनेको छ ।
चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउनुहुन्छ । जैविक तरकारी उत्पादनका लागि रासायनिक मल र विषादीको प्रयोग घटाइएको उहाँले बताउनुभयो । यसले गाउँको वातावरणीय सन्तुलन र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्रले चखेललाई ‘नमूना आधुनिक कृषि क्षेत्र’ बनाउने योजना अघि सारेको अध्यक्ष तितुङले बताउनुभयो । उहाँका अनुसार यहाँका किसानलाई जैविक मल, कीट व्यवस्थापन र बजार समन्वयसम्बन्धी तालिम दिइँदैछ । पर्यटन र अध्ययनको केन्द्र बन्दै चखेल मकवानपुरको हरियालीबीच बसेको चखेल अहिले कृषि पर्यटनका लागि पनि आकर्षण बनिरहेको छ ।
काठमाडौँ–हेटौँडा जोड्ने चन्द्रागिरि डाँडाबाट यसलाई नियाल्न सकिन्छ । यहाँ आउने पर्यटक केवल दृश्य हेर्नमात्र होइन, खेती गर्ने अनुभव लिन पनि आउँछन् । धेरै शैक्षिक संस्था अध्ययन भ्रमणका लागि चखेल पुग्छन् । विद्यार्थी खेतमा काम गर्दै सिक्छन् । विसं २०४० तिर सुरु भएको सरकारी कृषि विस्तार कार्यक्रमपछि यहाँको स्वरूप नै फेरिएको हो । किसानले सिँचाइ नहर बनाए, जैविक मल प्रयोग गर्न थाले र बारीलाई व्यवसायका रूपमा लिए । त्यसपछि गाउँको मुहार फेर्न धेरै समय लागेन । अहिले गाउँमा एउटा साझा अभियान चलिरहेको छ– ‘सफा गाउँ, हरियो बारी’ ।
हरेक घर अगाडि हरियो झ्याली, रासायनिक मलको सट्टा जैविक मल, बारीमा घ्यूको बत्ती बालेर पूजा गर्ने चलन र सामूहिक सरसफाइ कार्यक्रमले चखेलको पहिचान नै बदलेको छ । वातावरणीय सन्तुलन राम्रो भएपछि गाउँमा चराचुरुङ्गी पनि फिर्ता आएका छन् । इन्द्रसरोवर–५ उत्तरी मकवानपुरको काठमाडौँ सिमानामा पर्छ । यहाँ नेवार र तामाङ समुदायको बसोबास प्रमुख छ भने क्षेत्री, ब्राह्मण, मगरहरू पनि एकआपसमा मिलेर बसेका छन् । यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा चर्चित तीर्थस्थल तथा पर्यटकस्थल हुन् । विसं २०७३ को सर्वेक्षणअनुसार वडाको जनसङ्ख्या तीन हजार ६९४ छ । स्थानीयको प्रमुख पेसा कृषि हो । अञ्जली थापा/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ,  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो ।...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

कञ्चनपुर, माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ ।   ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष...

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

भद्रपुर (झापा),  जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार (भोजपुर),  भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९