‘फोहरमैला र उद्यान’ भिरकोटको आम्दानीको स्रोत

वालिङ (स्याङ्जा),  यहाँको भिरकोट नगरपालिकाले फोहरमैला व्यवस्थापन र उद्यानबाट आम्दानी गर्दै आएको छ । भिरकोट-४ सिसौँघारीस्थित आँधीखोलाको किनारमा सरसफाइ केन्द्र तथा उद्यान निर्माण गरेर आम्दानीसँग जोडिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सञ्चालनमा ल्याएको सरसफाइ केन्द्रमा सङ्कलन भएका कुहिने, नकुहिने तथा सिसाजन्य फोहरमैलाको व्यवस्थापन गरी बर्सेनी आम्दानी गर्दै आएको छ । सरसफाइ केन्द्र नजिकै भिरकोट उद्यान निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको गन्तव्यका रूपमा विकास गरी आम्दानी गर्दै आएको हो । नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र र उद्यानबाट हालसम्म रु ६१ लाख आम्दानी भएको केन्द्र तथा उद्यान व्यवस्थापक कृष्णप्रसाद अर्यालले बताउनुभयो ।
“सुरुका वर्षको तुलनामा पछिल्ला वर्षमा फोहरमैला बिक्री बढ्नुका साथै उद्यानमा आगन्तुकको उपस्थिति बाक्लो हुँदै गएको छ । उद्यानमा प्रवेश शुल्कबापत सङ्कलन हुने रकम पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “फोहरमैलाको परिमाण बढ्नुका साथै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएकाले आम्दानी पनि वृद्धि हुँदै गएको हो ।” नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा उद्यान प्रवेश शुल्क तथा वनभोज, कबाडीजन्य सामग्री बिक्री तथा सरसफाइ शुल्कबाट रु १६ लाख २० हजार ४१५ आम्दानी गरेको उहाँले बताउनुभयो ।
सोही शीर्षकमा आव २०८०/८१ मा रु १६ लाख ५१ हजार, आव २०७९/८० मा रु १३ लाख २८ हजार ६३५, आव २०७८/७९ मा सरसफाइ शुल्क तथा कबाडीजन्य सामग्री बिक्रीबाट रु आठ लाख ७८ हजार ३४४ र आव २०७७/७८ मा रु छ लाख १३ हजार ३५४ आम्दानी भएको व्यवस्थापक अर्यालले जानकारी दिनुभयो । सरसफाइ केन्द्र र उद्यान एउटै स्थानमा सञ्चालन गरेर आम्दानीसहित उदाहरणीय कार्यको थलानी गरिएको भिरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । “फोहरमैलाको व्यवस्थापन र उद्यानको अध्ययन, अवलोकनका लागि विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, सङ्घसंस्था, समूहहरू आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अझै यसलाई व्यवस्थित गर्दै जाने योजना छ । यो सिकाइ तथा अध्ययनको गन्तव्य बन्दै गएको छ ।”
उद्यान परिसरभित्र ‘स्विमिङ पुल’ निर्माण अन्तिम चरणमा पुगेको नगरप्रमुख कर्माचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार सरसफाइ केन्द्र नजिकै १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको जलाशय बनाई सोको बीचमा मन्दिरसहितको पूर्वाधार निर्माण भइरहेको छ । जलाशय सम्पन्न भएपछि डुङ्गाका माध्यमबाट मन्दिरमा पूजाआजाका लागि जानेआउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । आँधीखोलाको किनारमा अवस्थित समथर भूभागमा हरियाली उद्यानमा मनोरञ्जनका लागि भिरकोटसहित छिमेकी पालिकाबाट वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।
वनभोजका लागि आउनेहरूलाई आवश्यक भाँडावर्तन, ग्यास तथा दाउराको व्यवस्था उद्यानले गरिदिने भएकाले सहज भएको प्रतिक्रिया दिने गरेका कर्माचार्यले बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९