भक्तपुरमा भव्य रूपमा मनाइयो छठ

भक्तपुर,सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

छठ पर्वका अवसरमा भक्तपुरका पोखरी र खोला सिँगारिएका छन् । तराई–मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थानीय तथा अस्थायी रूपमा बस्दै आएकाले भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा भव्य रूपमा छठ मनाएका हुन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा २०० भन्दाबढी परिवारले छठ पर्व मनाएका छन् । यसका लागि पोखरी सिँगारेर झकिझकाउ बनाइएको छ भने पोखरीमा लगाइएको बत्तीहरूले झिलीमिली बनाएको छ ।

 

छठीदेवीको मूर्ति ल्याएर राखिएको भन्दै उक्त मूर्तिमा पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठ मनाएको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएर सामाजिक सद्भव व्यक्त गरेका उहाँले बताउनुभयो ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि सोमबार साँझ छठ मनाउन बाक्लो भीड लागेको जनकपुर घर बालकोट बस्दै आएका दशरथ ठाकुरले बताउनुभयो । उहाँले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाली, चाँगाथलीदेखि सातदोबाटो क्षेत्रमा बस्दै आएका २०० भन्दाबढी परिवारले यही खोलामा छठ मनाएका जानकारी दिनुभयो । उहाँका अनुसार गोदावरी खोलालाई सिँगारेर झकिझकाउ बनाइएको छ ।

छठ पर्वका अवसरमा सोमबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन गरिने अध्यक्ष रौनियारले जानकारी दिनुभयो । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पछिल्लो समय पहाडका साथै काठमाडौँ उपत्यकामा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

 

रौनियारले भन्नुभयो, “तराई–मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका २०० भन्दाबढी परिवारका लागि छठ मनाएका छौँ । पोखरी झकिझकाउ भएका छन् । स्थानीयले सहयोग गर्नुभएको छ ।”

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइएको छ । छठको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो,  (रासस/एएफपी) : जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।   सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु...

‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन

काठमाडौँ,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा आज दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिनुभएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान

टोकियो,  (रासस/एएफपी) : जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।   सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट (बागलुङ),  काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।   तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९