गाइघाटमा झरनामा ‘कायाकिङ’

गलकोट (बागलुङ),   बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरनामा कायाकिङको व्यवस्था मिलाइएको हो । झरनामा परीक्षण स्वरुप हाल १० वटा कायाकिङ (सानो डुङ्गा) उपलब्ध गराइएको छ । फेवातालमा निकै चर्चा पाएको कायाकिङ सानो आधुनिक डुङ्गा हो । ताराखोला गाउँपालिका–१ मा पर्ने गाइघाट झरना गलकोटतर्फ बगेको ताराखोलामा मिसिदै आएको छ । झरनामा पुग्ने अधिकांश पर्यटकले कायाकिङको मजा लिन थालेका छन् । सडकको स्तरोन्नतिसँगै मध्यपहाडी लोकमार्गका पर्यटकहरु समेत त्यता पुग्न थालेका छन् ।

बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिने गर्दछ । झरना खसेको तालमा कायाकिङको व्यवस्था गरेपछि झरना हेर्न पुगेका पर्यटकलाई थप मनोरन्जन दिन थालेको छ । दसैँदेखि गाइघाट झरनामा कायाकिङको परीक्षण भइरहेको आधिबेरी एडभेञ्चरका सञ्चालक प्रकाश सुनुवार बताउनुहुन्छ । गलकोट नगरपालिका–६ निवासी सुनुवार साहसिक पर्यटनको क्षेत्रमा गाउँमै लगानी गर्नका लागि तत्पर भएको बताउनुहुन्छ ।

 

उहाँले ताराखोलाको गाइघाट क्षेत्रमा साहसिक पर्यटनको केन्द्र स्थापना गर्ने उद्देश्यले लगानी गर्न थालेको बताउनुभयो । आधिबेरी एडभेञ्चरबाट गाइघाट झरना भन्दामाथि भुतेको गल्छीमा कायाकिङ गर्ने र रक कलाइमिङ गर्ने उद्देश्य राखिएपनि परीक्षणका लागि गाइघाट झरनामा कायाकिङ थालिएको सुनुवार बताउनुहुन्छ ।

 

“गाउँपालिकाबाट अध्ययनका लागि अनुमति मागिएको छ, खोलामाथिको ढुङ्गा खोपेर हिड्ने र त्यहाँ पुगेर कायाकिङको आनन्द लिने गरी अध्ययन भइरहेको छ”, सुनुवारले भन्नुभयो “साहसिक पर्यटनको ताराखोला गाउँपालिका–१ स्थित ताराखोला नदीको खोँच निकै सम्भावना युक्त स्थान देखियो, सुरुवाती चरणमा रु चार करोडसम्मको लागतमा ढुङ्गाको पहाडमा चड्ने, भुतेको गल्छी र गाइघाट झरनामा कायाकिङ गर्ने लगयातका साहसिक पर्यटनको क्षेत्रमा काम गर्ने योजना छ ।”

 

दसैंमा झरनाको तालमा थालिएको कायाकिङको राम्रो प्रचार भइरहेको उहाँको अनुभव रहेको छ । उहाँलाई साहसिक पर्यटनमा लगानी गर्नका लागि कायाकिङमा देखिएको आकर्षणले हौसाएको बताउनुभयो । अध्ययन पश्चात खोँचमा रहेको पहरामा रड गाडेर हिँड्न सक्नेगरी साहसिक पर्यटनको काम अनौठो हुने सुनुवारको भनाइ छ । गाइघाट झरनालाई ताराखोला गाउँपालिकाले पूर्वाधार निर्माण, झरनामा पुग्ने पुल निर्माण, झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरिएको छ ।

 

अहिले झरनाको तालमा कायाकिङ गरेको एक घण्टाको रु ५०० लिइँदै आइएको छ । गलकोटका स्थानीय महेशकुमार श्रेष्ठले गाइघाट झरनामा परिवर्तन भइरहको बताउनुभयो । पूर्वाधार निर्माणसँगै कायाकिङले पर्यटकलाई थप आर्कषित गर्दै आएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९