Baigyanik Media

Advertisment

SKIP THIS

आज देशैभर पृथ्वी जयन्ती मनाईंदै

बौनियाँ कैलाली/आज देशैभर पृथ्वी जयन्ती मनाईंदै छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् ।

नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर, २०६२/०६३ सालको आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने ईतिहासविद्हरुको भनाइ छ ।

आजको विदाका विषयमा मन्त्रिपरिषद्, संसद लगायतका स्थानमा चर्चा भएपनि विदाको कुनै घोषणा भएको छैन ।
प्रधानमन्त्री प्रचण्डले पृथ्वी नारायणको योगदानको कदर गर्नुपर्ने बताएका छन् । उनले पृथ्वी नारायणको जन्मजयन्तीमा विदा दिनुपर्ने भएपनि यो राजनीतिक विषय भएका कारण सबैको सहमति खोज्ने बताएका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation