भद्रपुर (झापा), मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते हुनुभएको हो । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ । राष्ट्रिय समाचार समिति (रासस)

























































































































































