उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी,  मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुनुहुन्छ, मलेसिया र साउदी अरब गरेर चार वर्ष बिताएर स्वदेश फर्किनु भएका सर्लाही ईश्वरपुर–१ का महम्मद अफजल । उहाँ हाल महोत्तरीको बर्दिबास चोकमा उखु पेलेर जुस बेच्ने गर्नुहुन्छ ।अफजल भन्नुहुन्छ, “चार वर्ष विदेशमा गएर पसिना बगाइयो । अबचाहिँ ढुक्कले यहीँ काम गर्ने निधो गरेको छु । पछिल्ला तीन वर्षदेखि रिक्सा चलाउँदै जुस बेच्दै यसैबाट परिवारमा शिक्षादिक्षा र लालनपालन सहज बनेको छ ।”

 

 

 

उहाँको परिवारमा चार छोरी, पत्नी गरी छ जना छन् । परिवारको भविष्यका लागि विदेशीन बाध्य अफजलले त्यहाँ गएर पनि सोचेजस्तो भएन । त्यसैले स्वदेशमै फर्किएर काम गर्न थालेको उहाँको भनाइ छ । “विदेश जाँदा लागेको ऋणले थिचिएको थिएँ, अहिले यहीको कमाइले सबै तिरिसकेँ”, उहाँ भन्नुहुन्छ, “राम्रो सीप भएका दक्ष व्यक्तिलाई उता राम्रो होला, तर हामीजस्ता श्रम गरेर बाँच्नेलाई आफ्नै देशमा कुनै व्यवसाय गर्नु नै उपयुक्त हुने रहेछ । आफ्नै देशमा रोजाइको काम गर्दा कसैको हेपाइ पनि सहनु पर्दैन ।”

 

 

 

धनुषाको मिथिला–१ का जगदीश साह पनि उखुको जुसको व्यापारबाट सन्तुष्ट हुनुहुन्छ । “अब विदेश जाने सोच नै छैन, धेरै दुःख भोगियो”, उहाँ भन्नुहुन्छ, “दुई वर्षदेखि यो काम गर्न थालेपछि सानो–ठूलो खर्चका लागि कसैसँग हात थाप्नुपरेको छैन । परिवारसँगै बसेर काम गर्न पाउँदा विदेशको पीडा बिस्तारै बिर्सिंदै गएको छु ।”

 

 

 

मध्य वैशाखसँगै यहाँ गर्मी पनि बढ्दैछ । गर्मीसँगै यहाँ जुसको व्यापार पनि फस्टाउँदै छ । बर्दिबास चोकमै जुस बेचिरहनुभएका गौशाला–५ का मोहम्मद नासिरका अनुसार दिनभरि जुस बेच्दा रु तीन हजारभन्दा बढीको व्यापार हुन्छ, जसबाट करिब रु दुई हजार बचत हुने गरेको छ ।

 

 

उखुको जुसको व्यापार वर्षभरि चल्ने भए पनि गर्मीयाममा यसको माग अत्यधिक बढ्ने व्यापारीहरू बताउँछन् । “गर्मीमा उखुसँगै तुलसी र पुदिनाको पात मिसाएर जुस बनाउँछौँ, बरफ हालेर चिसो बनाउँदा ग्राहकले निकै मन पराउँछन्”, नासिर भन्नुहुन्छ ।

 

 

 

गौशाला–५ का व्यापारी मोहम्मद साबिर बढ्दो तापक्रमसँगै जुसको माग पनि बढ्ने गरेको बताउनुहुन्छ । “जति गर्मी बढ्छ, जुस त्यति नै बढी बिक्छ । बेलाकै व्यापार हो, ग्राहकलाई जुस दिन भ्याइनभ्याइ हुन्छ ।”महोत्तरीको बर्दिबास क्षेत्रमा मात्रै हाल करिब ३०–३५ जना यस व्यवसायमा संलग्न छन् । जलेश्वर, रामगोपालपुर, पिपरा, मटिहानी, सीतापुर बजार, औरही, गौशाला, सम्सी र लोहारपट्टीलगायत बजार क्षेत्रमा पनि उखुको जुसको व्यापार बढ्दो छ । यस व्यवसायमा संलग्नमध्ये धेरैजसो विदेशबाट फर्किएकाहरू छन् ।

 

 

 

“विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु राम्रो हो”, अफजल भन्नुहुन्छ, “त्यहाँ धेरैले भनेको काम नपाएर दुःख पाइरहेका देख्दा मन दुख्छ ।”धेरैजसो युवाहरू आफ्नो नजिकको ठाउँभन्दा छिमेकी बजारमा व्यापार गर्न जाने गरेका छन् । सर्लाहीका विवेक कुशवाहा भन्नुहुन्छ्, “आफ्नै ठाउँमा भन्दा अलि पर खुलेर काम गर्न पाइन्छ, त्यसैले बर्दिबास रोजेको हुँ । यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ । अन्य साथीलाई पनि यसमा लाग्न प्रेरित गरिरहेको छु ।”

 

 

 

करिब रु दुई लाख रुपैयाँ लगानीमा ठेला र मोटर जडान गरेर यो व्यवसाय सुरु गर्न सकिने व्यापारीहरूको अनुभव छ । उखु उधारोमा किनेर जुस बिक्रीबाट रकम तिर्न सकिने हुँदा पनि यो पेसा सहज बनेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती प्रशस्त भएकाले कच्चा पदार्थको अभाव छैन ।स्वास्थ्यकर्मीका अनुसार उखुको रस ऊर्जादायी र स्वास्थ्यका लागि लाभदायक पेय हो । कुनै कृत्रिम पदार्थ मिसाउन नपर्ने भएकाले गर्मीयाममा यसको माग बढ्ने गरेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको भनाइ छ ।

 

 

व्यापार राम्रो भए पनि सडकमा डुल्दै व्यापार गर्दा नगरपालिकाका कर्मचारीबाट अवरोध हुने गुनासो गरेका छन् । “हामी सडक छेकेर बस्दैनौँ, डुल्दै व्यापार गर्छौँ, तर पनि रोक्ने र दुःख दिने गरिन्छ”, व्यापारीले भन्ने गरेका छन् ।यस विषयमा बर्दिबास नगरपालिकाले भने व्यापार रोक्ने वा दुव्र्यवहार गर्ने जस्ता घटना नभएको स्पष्ट पारेको छ । “महेन्द्र राजमार्ग विस्तारको काम भइरहेकाले अव्यवस्थित पार्किङ रोक्न सूचना जारी गरेका हौँ, त्यसबाहेक नियमानुसार काम गर्ने स्वरोजगारमूलक काम गर्ने व्यवसायीलाई समस्यामा पार्ने कुनै नीति छैन” प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बताउनुभयो ।गोपालप्रसाद बराल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९