के के युवा क्लब बुटकुवाको आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवामा के के युवा क्लब को आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा, बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न भएको छ ।श्री के के युवा क्लब अध्यक्ष शिखर वि क को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा न ३ का वडा अध्यक्ष करने सुनार रहनुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष सुनारले समाजको मुहार युवाले नै परिवर्तन गर्न सक्ने बताउनुभएको छ वडा नं ३ बर्दगोरिया गाउँपालिका कै एक पिछडिएको वडा भएकाले संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारलाई बारम्बार यहाँको समस्या बताइरहेको छु। यो क्षेत्र भनेको श्रीलंकाको टाकुरा हो ।यहाँका सैयौ घर विस्थापित भएका छन् यहाँका सयौं बिघा जमिन बगरमा परिणत भएको छ यस क्षेत्र को बारेमा दिनरात सोचिरहेको छु यहाँका जनताले मलाई विश्वास गरेर विजय बनाइसकेपछि म केन्द्र प्रदेश मा यहाँको समस्या पठाइसकेको छु उहाँले एक अर्को प्रश्नमा बोल्दै गाउँका जनताको समस्या एउटा हुन्छ निर्णय अर्कोतिर हुन्छ आफ्ना वडा सदस्य साथीहरु एकजुट भएर नबोल्दा यहाँको समस्या धेरै देखिने गरेको उहाँको भनाई रहेको थियो अवैधरुपमा ढुंगा, बालुवा,माटो गाउँपालिकाले टेन्डरको आफूलाई कुनै पनि जानकारी नभएको र वार्ताबरण सर्वेक्षणमा हामी जनप्रतिनिधि र जनतालाई कुनै जानकारी नहुँदा आफूलाई दुःख लागेको बताउनुभएको छ।कार्यक्रममा बिशिष्ट अतिथि बर्दगोरीया गाउँपालिका वडा न ३ का वडा सदस्य विरबहादुर बौडेल रहनु भएको कार्यक्रममा के के युवा क्लबका सलाकार संयोजक भुपेन्द्र रास्कोटीले स्वागत मन्तब्य सगै सुरू भएको कार्यक्रममा अतिथी श्री लालिगुराँस सामुदायिक वन उपभोक्ता समुहका  अध्यक्ष भिमबहादुर कुवँर,नमुना दानुवा फाटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लालसिह बि क , साइनिग स्टार युवा क्लब खैरेनीका उपाअध्यक्ष भेषराज जैसी , श्री बसन्त मुरारी मा बि का  बिद्यालय ब्याबस्थापन समिति बौनियाका अध्यक्ष टंक कुवँर ,नेपाल प्रवास सघंका उपाअध्यक्ष खेम देबकोटा, राधा कृष्ण मन्दिर समिति बुटकुवाका अध्यक्ष चक्र ब विष्ट , समाजसेबी आत्म प्रसाद रिजाल ,समाज सेवी मनऋषी आचार्य ,व्यापारी श्रीराम जोशी,समाजसेबी शेर बहादुर ओली, बौद गुम्बा संघर्ष समितीका अध्यक्ष दिला राना मगर, दलित एकता मञ्च का सह सचिव लाल बहादुर बि क लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महा सचिव वसन्त ओलीले गर्नुभएको कार्यक्रममा विभिन्न  वडा नं ३ का यूवा, समाजसेवी, बुद्धिजीवी हरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थिति भएका अधिकांश जनताले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा ब्यवस्थापनमा सबैको ध्यान केन्द्रित भएको मौका छोपेर वडा न ३ कुईरा र काँडा नदिमा अबैध चोरी, निकासी मौलाएको बताएका छन् । नदी, खोलाबाट नदीजन्य पदार्थ चोरी, तस्करी क्षेत्रमा ब्यापक रुपले अतिक्रमण बढेको हो । नदी, खोलाबाट बालुवा, ढुंगा, माटो र गिट्टी अबैध रुपमा चोरी तस्करी भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।रोयल्टीबिनै बालुवा उठाउँदा पनि कसैको ध्यान जान सकेको छैन। लुकीछिपी बालुवा उत्खनन गर्दा  समेत स्थानीय सरकार , जनप्रतिनिधी प्रहरी प्रशासनले कुनै सुनुवाइ नगरेको अनमोल अनलाईन टेलिभिजन संग कार्यक्रममा उपस्थिति भएका स्थानीयहरुले वताए। दैनिक सयौं ट्र्याक्टर बालुवा उठाइरहेको अर्का स्थानीय गगन बन्तोलाले बताए। स्थानीयले रोक्न आग्रह गर्दा पनि कसैले नमानेको वन्तोलाको भनाइ छ। जथाभावी उत्खननले गर्दा वडा न ३ क्षेत्र उच्च जोखिममा रहेको  उनको भनाई रहेको छ ।वर्षायाममा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खननमा रोक लगाए पनि नदीनालामा उत्खनन रोकिएको छैन। सरकारले असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। स्थानीय जनप्रतिनिधिको संलग्नतामै दैनिक उत्खनन भइरहेको स्थानीयको आरोप छ। नदी, खोलामा दिनरात उत्खनन गरेर नदीजन्य सामाग्री ट्याक्टरबाट ओसार्ने गरेका छन् । नदी, खोलाबाट अबैध रुपमा नदीजन्य सामाग्री ओर्सादा पनि नियन्त्रणमा कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ । आषाढ १ गते  बाट बन्द हुने सरकारको निति छ।आषाढ बाट बन्द भएको टेन्डर फेरि खुल्ने सूचना पाएपछि नदी, खोलामा प्रवेश गर्ने हरुको  लर्को लाग्ने गरिएको छ । यसअघि नदी, खोला बर्खाको समयमा हरेक वर्ष बन्द हुने गर्दछ । पश्चिमतर्फ काँडा नदी छ भने पूर्वतिर कुइरा नदी रहेको छ । नदी कटानको  चपेटामा समेत परेका स्थानीयको भनाई रहेको छ । यस वडालाई श्रीलंकाको टाकुरा समेत भने गर्छन यहाँका  स्थानीय यस वडालाई चारै तिर नदिले घेरेको भएपनि नदि जन्य बस्तु उत्खन्न नरोकिएको यहाँका बुद्धिजीवीहरूको भनाइ छ। यसैबर्ष वडा नम्बर ३ बुटकुवामा ४० घर विस्थापित भएका थिए।यस क्षेत्रमा बर्सेनि सयौँ बिघा जमिन कटान हुँदै बगरमा परिणत हुने गरेको पाइन्छ यस वडाका बासिन्दाहरुको सयौं घर विस्तारित समेत भएको स्थानीय युवा प्रकाश जोशी बताउँछन्। यस नदी क्षेत्रमा टेन्डर नरोकिए पुरा बस्ती नै केही वर्षमै विस्थापित हुने अर्का स्थानीय  युवा दिनेश आवजीले वताए ।यस वडामा हरेकवर्ष तटबन्धनको लागि लाखौ बजेट खर्च गरेता पनि यही तटबन्धनको नजिकै बाट ढुङ्गा बालुवा माटो लगेपछि ठाउँठाउँबाट तटबन्धनहरु बगाएर लगने गरेको एक स्थानीय बुद्धिजीवी बताउँछन् ।जथाभावी नदीजन्य सामग्री उत्खननगर्दा आसपासका बस्ती जोखिममा पर्ने गरेका छन्। वर्दगोरीया गाउँपालिका(३ क्षेत्रमा बालुवा उत्खनन नरोकिएपछि बस्ती नै जोखिममा परेको छ। स्थानीयले पटक(पटक रोक्न माग गरे पनि वर्षायाममा समेत कुइरा र काँडा नदीमा नदीजन्य पदार्थ उत्खनन हुने गरेको छ।वडा नम्बर ३ मा कुइरा र काँडा नदीले पुरै वडा घेरेको छ’, स्थानीय प्रजा ढुङगानाले भने, ‘त्यसैमा बालुवा उत्खनन गरेर नदीको धार परिवर्तन हुने खतरा बढेको छ।’ उनले पटक(पटक स्थानीय सरकारलाई जानकारी गर्दा पनि बेवास्ता गरेकाले त्यसमा स्थानीय जनप्रतिनिधिको मिलेमतोको आशंका व्यक्त गरे।सरकारले भदौ मसान्तसम्मका लागि नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न पूर्णरूपमा रोक लगाएको छ। भारी वर्षा हुने तीन महिना नदीजन्य पदार्थको उत्खननले नदीले धार परिवर्तन गरी बाढीको सम्भावना बढ्ने र अन्य जोखिम हुने भएकाले सरकारले पछिल्ला वर्षमा असार, साउन र भदौमा उत्खननमा रोक लगाउने गरेको हो।उता बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा (थारु)ले अनमोल अनलाईन टेलिभिजन संग कुराकानी गर्दै टेन्डर आह्वान गरेको र टेन्डरको लागि विभिन्न व्यक्तिले निवेदन दिएका छन् टेन्डर कसैलाई नलिय समको लागि कसैले पनि रोयल्टीबिना बालुवा,ढुंगा गिट्टी र माटो लिन नपाउने वताए चोरी तस्करले रोक्नको लागि स्थानीय जनता नै अग्रसर भएर लाग्नुपर्ने बताउनुभएको छ ।नदीजन्य सामाग्रीका हिसाबले उक्त गाउँपालिका जिल्लाकै धनी गाउँपालिका मानिन्छ । गाउँपालिकाले बन्द गरेका नदी, खोलामा खुलेआम ट्याक्टर लगेर उत्खनन् गर्ने गरेको स्थानीय बताउँछन् ।विकास निर्माणका लागि मापदण्डमा रहेर स्थानीय सरकारले खोलाको ठेक्‍का लगाउने प्रावधान रहको छ।

 

 

 

 

 

 

 

 

​​​

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९