Baigyanik Media

Advertisment

SKIP THIS

के के युवा क्लब बुटकुवाको आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवामा के के युवा क्लब को आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा, बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न भएको छ ।श्री के के युवा क्लब अध्यक्ष शिखर वि क को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा न ३ का वडा अध्यक्ष करने सुनार रहनुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष सुनारले समाजको मुहार युवाले नै परिवर्तन गर्न सक्ने बताउनुभएको छ वडा नं ३ बर्दगोरिया गाउँपालिका कै एक पिछडिएको वडा भएकाले संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारलाई बारम्बार यहाँको समस्या बताइरहेको छु। यो क्षेत्र भनेको श्रीलंकाको टाकुरा हो ।यहाँका सैयौ घर विस्थापित भएका छन् यहाँका सयौं बिघा जमिन बगरमा परिणत भएको छ यस क्षेत्र को बारेमा दिनरात सोचिरहेको छु यहाँका जनताले मलाई विश्वास गरेर विजय बनाइसकेपछि म केन्द्र प्रदेश मा यहाँको समस्या पठाइसकेको छु उहाँले एक अर्को प्रश्नमा बोल्दै गाउँका जनताको समस्या एउटा हुन्छ निर्णय अर्कोतिर हुन्छ आफ्ना वडा सदस्य साथीहरु एकजुट भएर नबोल्दा यहाँको समस्या धेरै देखिने गरेको उहाँको भनाई रहेको थियो अवैधरुपमा ढुंगा, बालुवा,माटो गाउँपालिकाले टेन्डरको आफूलाई कुनै पनि जानकारी नभएको र वार्ताबरण सर्वेक्षणमा हामी जनप्रतिनिधि र जनतालाई कुनै जानकारी नहुँदा आफूलाई दुःख लागेको बताउनुभएको छ।कार्यक्रममा बिशिष्ट अतिथि बर्दगोरीया गाउँपालिका वडा न ३ का वडा सदस्य विरबहादुर बौडेल रहनु भएको कार्यक्रममा के के युवा क्लबका सलाकार संयोजक भुपेन्द्र रास्कोटीले स्वागत मन्तब्य सगै सुरू भएको कार्यक्रममा अतिथी श्री लालिगुराँस सामुदायिक वन उपभोक्ता समुहका  अध्यक्ष भिमबहादुर कुवँर,नमुना दानुवा फाटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लालसिह बि क , साइनिग स्टार युवा क्लब खैरेनीका उपाअध्यक्ष भेषराज जैसी , श्री बसन्त मुरारी मा बि का  बिद्यालय ब्याबस्थापन समिति बौनियाका अध्यक्ष टंक कुवँर ,नेपाल प्रवास सघंका उपाअध्यक्ष खेम देबकोटा, राधा कृष्ण मन्दिर समिति बुटकुवाका अध्यक्ष चक्र ब विष्ट , समाजसेबी आत्म प्रसाद रिजाल ,समाज सेवी मनऋषी आचार्य ,व्यापारी श्रीराम जोशी,समाजसेबी शेर बहादुर ओली, बौद गुम्बा संघर्ष समितीका अध्यक्ष दिला राना मगर, दलित एकता मञ्च का सह सचिव लाल बहादुर बि क लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महा सचिव वसन्त ओलीले गर्नुभएको कार्यक्रममा विभिन्न  वडा नं ३ का यूवा, समाजसेवी, बुद्धिजीवी हरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थिति भएका अधिकांश जनताले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा ब्यवस्थापनमा सबैको ध्यान केन्द्रित भएको मौका छोपेर वडा न ३ कुईरा र काँडा नदिमा अबैध चोरी, निकासी मौलाएको बताएका छन् । नदी, खोलाबाट नदीजन्य पदार्थ चोरी, तस्करी क्षेत्रमा ब्यापक रुपले अतिक्रमण बढेको हो । नदी, खोलाबाट बालुवा, ढुंगा, माटो र गिट्टी अबैध रुपमा चोरी तस्करी भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।रोयल्टीबिनै बालुवा उठाउँदा पनि कसैको ध्यान जान सकेको छैन। लुकीछिपी बालुवा उत्खनन गर्दा  समेत स्थानीय सरकार , जनप्रतिनिधी प्रहरी प्रशासनले कुनै सुनुवाइ नगरेको अनमोल अनलाईन टेलिभिजन संग कार्यक्रममा उपस्थिति भएका स्थानीयहरुले वताए। दैनिक सयौं ट्र्याक्टर बालुवा उठाइरहेको अर्का स्थानीय गगन बन्तोलाले बताए। स्थानीयले रोक्न आग्रह गर्दा पनि कसैले नमानेको वन्तोलाको भनाइ छ। जथाभावी उत्खननले गर्दा वडा न ३ क्षेत्र उच्च जोखिममा रहेको  उनको भनाई रहेको छ ।वर्षायाममा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खननमा रोक लगाए पनि नदीनालामा उत्खनन रोकिएको छैन। सरकारले असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। स्थानीय जनप्रतिनिधिको संलग्नतामै दैनिक उत्खनन भइरहेको स्थानीयको आरोप छ। नदी, खोलामा दिनरात उत्खनन गरेर नदीजन्य सामाग्री ट्याक्टरबाट ओसार्ने गरेका छन् । नदी, खोलाबाट अबैध रुपमा नदीजन्य सामाग्री ओर्सादा पनि नियन्त्रणमा कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ । आषाढ १ गते  बाट बन्द हुने सरकारको निति छ।आषाढ बाट बन्द भएको टेन्डर फेरि खुल्ने सूचना पाएपछि नदी, खोलामा प्रवेश गर्ने हरुको  लर्को लाग्ने गरिएको छ । यसअघि नदी, खोला बर्खाको समयमा हरेक वर्ष बन्द हुने गर्दछ । पश्चिमतर्फ काँडा नदी छ भने पूर्वतिर कुइरा नदी रहेको छ । नदी कटानको  चपेटामा समेत परेका स्थानीयको भनाई रहेको छ । यस वडालाई श्रीलंकाको टाकुरा समेत भने गर्छन यहाँका  स्थानीय यस वडालाई चारै तिर नदिले घेरेको भएपनि नदि जन्य बस्तु उत्खन्न नरोकिएको यहाँका बुद्धिजीवीहरूको भनाइ छ। यसैबर्ष वडा नम्बर ३ बुटकुवामा ४० घर विस्थापित भएका थिए।यस क्षेत्रमा बर्सेनि सयौँ बिघा जमिन कटान हुँदै बगरमा परिणत हुने गरेको पाइन्छ यस वडाका बासिन्दाहरुको सयौं घर विस्तारित समेत भएको स्थानीय युवा प्रकाश जोशी बताउँछन्। यस नदी क्षेत्रमा टेन्डर नरोकिए पुरा बस्ती नै केही वर्षमै विस्थापित हुने अर्का स्थानीय  युवा दिनेश आवजीले वताए ।यस वडामा हरेकवर्ष तटबन्धनको लागि लाखौ बजेट खर्च गरेता पनि यही तटबन्धनको नजिकै बाट ढुङ्गा बालुवा माटो लगेपछि ठाउँठाउँबाट तटबन्धनहरु बगाएर लगने गरेको एक स्थानीय बुद्धिजीवी बताउँछन् ।जथाभावी नदीजन्य सामग्री उत्खननगर्दा आसपासका बस्ती जोखिममा पर्ने गरेका छन्। वर्दगोरीया गाउँपालिका(३ क्षेत्रमा बालुवा उत्खनन नरोकिएपछि बस्ती नै जोखिममा परेको छ। स्थानीयले पटक(पटक रोक्न माग गरे पनि वर्षायाममा समेत कुइरा र काँडा नदीमा नदीजन्य पदार्थ उत्खनन हुने गरेको छ।वडा नम्बर ३ मा कुइरा र काँडा नदीले पुरै वडा घेरेको छ’, स्थानीय प्रजा ढुङगानाले भने, ‘त्यसैमा बालुवा उत्खनन गरेर नदीको धार परिवर्तन हुने खतरा बढेको छ।’ उनले पटक(पटक स्थानीय सरकारलाई जानकारी गर्दा पनि बेवास्ता गरेकाले त्यसमा स्थानीय जनप्रतिनिधिको मिलेमतोको आशंका व्यक्त गरे।सरकारले भदौ मसान्तसम्मका लागि नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न पूर्णरूपमा रोक लगाएको छ। भारी वर्षा हुने तीन महिना नदीजन्य पदार्थको उत्खननले नदीले धार परिवर्तन गरी बाढीको सम्भावना बढ्ने र अन्य जोखिम हुने भएकाले सरकारले पछिल्ला वर्षमा असार, साउन र भदौमा उत्खननमा रोक लगाउने गरेको हो।उता बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा (थारु)ले अनमोल अनलाईन टेलिभिजन संग कुराकानी गर्दै टेन्डर आह्वान गरेको र टेन्डरको लागि विभिन्न व्यक्तिले निवेदन दिएका छन् टेन्डर कसैलाई नलिय समको लागि कसैले पनि रोयल्टीबिना बालुवा,ढुंगा गिट्टी र माटो लिन नपाउने वताए चोरी तस्करले रोक्नको लागि स्थानीय जनता नै अग्रसर भएर लाग्नुपर्ने बताउनुभएको छ ।नदीजन्य सामाग्रीका हिसाबले उक्त गाउँपालिका जिल्लाकै धनी गाउँपालिका मानिन्छ । गाउँपालिकाले बन्द गरेका नदी, खोलामा खुलेआम ट्याक्टर लगेर उत्खनन् गर्ने गरेको स्थानीय बताउँछन् ।विकास निर्माणका लागि मापदण्डमा रहेर स्थानीय सरकारले खोलाको ठेक्‍का लगाउने प्रावधान रहको छ।

 

 

 

 

 

 

 

 

​​​

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation