
भारतमा हिन्दी तेलुगु, तामिल, मलयालम, कन्नडलगायत भाषामा बर्सेनि उल्लेख्य संख्यामा फिल्म बन्छन्। पछिल्लो दशकमा दक्षिण भारतका विभिन्न भाषामा बनेका फिल्मको लोकप्रियता र बजार क्रमशः बढिरहेको छ।
दक्षिण भारतीय र बलिउड फिल्मको सहकार्य बढेको छ। कलाकारहरू दुवैतिर आफ्नो कला देखाउन थालेका छन्।
हिन्दी भाषामा बन्ने फिल्महरूमा दक्षिण भारतीय फिल्म रिमेक गर्ने पछिल्लो 'ट्रेन्ड' यसको प्रमाण हो। बलिउड कलाकारहरू आमिर खान, सलमान खान, अजय देवगन आदि समेत यस्ता रिमेक फिल्म खेलिरहेका छन्, बनाइरहेका छन्।
बलिउडजस्तै दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। यो सूचीमा भने हामीले तीन रोमाञ्चक-थ्रिलर फिल्म समेटेका छौं।
सजिलोका लागि हिन्दी भाषामा 'डबिङ' भएका यी फिल्म युट्युबमा सहजै हेर्न सकिन्छ।