बौनिया कार्तिक १०/बालबाटिका फुटबल लिग २०७८ को उदयिमान खेलाडीलाई राजेन्द्र रावलले प्रायोजन गर्ने भएका छन । बर्दगोरिया गाउपालिका वडा नम्बर १ बस्दै आएका युवा राजेन्द्र रावलले उदयिमान छात्रा,छात्र दुबै तर्फका खेलाडिलाई प्रदान गरिने नगद आफुले सहयोग गर्ने बताएका हुन । रावल बिगत २ संस्करण सम्म सफलता पुर्बक सम्पन्न भएको बालबाटिका क्रिकेट लिग को प्रतियोगिता सह संयोजक समेत रहेका थिए । आफुलाई क्रिकेट,फुटबल दुबै खेल मन पर्ने र बिधालयले विद्यार्थीहरुको हौसला बढाउन आयोजना गरिएको प्रतियोगितामा उदयिमान खेलाडीलाई सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको रावलले बताए । रावल पुर्ब नेकपा एमाले बर्दगोरिया गाउपालिका युवा संघ नेपालका संयोजक समेत हुन । उनी नेकपा फुट पछि गठन गरिएको युवा संघका केन्द्रीय सदस्य समेत रहेका छन । बालबाटिकाले पछिल्लो केही बर्ष यता पढाइ संग संगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिदै यस्ता प्रतियोगिता आयोजना गर्दा बालबाटिका को नाम मात्र नभएर समग्र गाउपालिकाकै नाम उच्च हुने आफुलाई बिश्वास लागेको रावलले बताए । बिधालयले खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुले सहयोग गर्न पाउद खुशी लागेको उनले बताए । आफू संगै रहेर काम गरेका राजेन्द्र रावलले सहयोग गरेकोमा बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन । उनले भने युवाहरुले आफुलाई सहयोग गर्दा झन खुशी लागेको बताए । बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।