बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा आयोजित अन्डर उन्नाइस खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

बौनियाँ- कैलालीमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भदाै १२ गते सुरु भएको उक्त प्रतियोगिता मगंलबार सम्पन्न भएको हो ।लिटिल स्टार ट्रेनिंग सेन्टरले श्री कृष्ण जन्मष्टमीको अवसर पारेर बर्दगोरिया गाउँपालिका वडा नं. ३ खैरेनीमा प्रतियोगिता आयोजना गरिएको थियो । रामजानकी मन्दिरको खेल मैदानमा भएको उक्त प्रतियोगिताको उद्घाटन तथा समापन बर्दगोरिया गाउँकार्यपालिका सदस्य तथा वडा नं ३ की वडा सदस्य कोकीला खत्रीले गरेकी थिईन ।प्रतियोगितामा लिटिल स्टार ट्रेनिंग सेन्टर विजय भएको छ । फाइनल खेल आयोजक लिटिल स्टार ट्रेनिंग सेन्टर(ए) र श्री केदार टुर एण्ड ट्राभल्स बीच भएको थियो ।  लिटिल स्टार ट्रेनिंग सेन्टरले श्री केदार टुर एण्ड ट्राभल्सलाई २–१ को सेटमा पराजित गरेको छ । कडा पर्तिस्पर्दा भएको उक्त खेलमा लिटिल स्टार ट्रेनिंग सेन्टरले पहिलो सेटमा २०–२५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–९ ले जितेर खेल आफ्नो पक्षमा पायो । प्रतियोगितामा श्री केदार टुर एण्ड ट्राभल्स ले  दोस्रो स्थान प्राप्त गरेको छ ।तेस्रो स्थानमा आयोजक (बी)लिटिल स्टार ट्रेनिंग सेन्टरले हात पारेको थियो।

प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता टोलीले प्रथम पुरुस्कार : १५ के.जी बोइलर ( मेडल र प्रमाण पत्र) पाएका छन् भने दृतिय पुरुस्कार : १० के.जी बोइलर ( मेडल र प्रमाण पत्र) दिएको छ र तृतीय पुरुस्कार :७ के.जी बोइलर ( मेडल र प्रमाण पत्र) दिएको आयोजकले जनाएको छ।

नेपाल प्रवास स्वतन्त्र युवा संगठन मुख्य प्रायोजक रहेको थियो समापन कार्यक्रममा लिटिल स्टार ट्रेनिंग सेन्टरका संयोजक गौरव गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँकार्यपालिका सदस्य तथा वडा नं ३ की वडा सदस्य कोकिला खत्री, विशिष्ट अतिथि बर्दगोरिया न्यायपालिका सदस्य तथा वडा नं ३ का वडा सदस्य टंक ओली, अथितीहरुमा नेपाल प्रवास स्वतन्त्र युवा संगठनका नेपाल शाखा अध्यक्ष गणेश बि क, लालीगुराँस सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष मनऋषि आचार्य, रानीजरुवा सामुदायीक बन उपभोक्ता समितिका उपाध्यक्ष भीम बहादुर बुढा, दनुवाफाटा सामुदायीक बन उपभोक्ता समितिका उपाध्यक्ष उदयराम विष्ट , साइनिग़ स्टार युबा क्लबका उपाध्यक्ष मोहन खत्री र के.के युवा क्लबका अध्यक्ष शिखर बि क लगायतका अथिति हरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य खेल संयोजक प्रदीप गौतमले  सस्वागत गरे सँगै सुरु भएको कार्यक्रमको सञ्चालन सुन्दर गौतमले गरेका गरेको सुदूरपश्चिम प्रदेश भलिबल क्याप्टन जनक खड्काले अनमोल अनलाईन टेलिभिजनलाई जानकारी दिनु भएको हो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation