बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

लम्कीमा जारी क्रिकेट कपमा ज्याक्की ११ बौनियाँ क्वाटर फाईनालमा प्रवेश

लम्की। प्रथम वीरेन्द्र शाही स्मृति क्रिकेट कपमा ज्याक्की ११ क्वाटर फाईनलामा प्रबेस गरेको छ । बुधबार भएको आफ्नो लीगचरणको २ खेलमा जित निकाल्दै आफ्नो समुहको समूह बिजेता हुँदै क्वाटर फाईनल प्रवेश गरेको हो ।बिहान ९ बजे भएको खेलमा एबि वाई सि अमरावतिलाई ७ विकेटले पराजित गरेको हो भने दिउसो २ बजे भएको खेलमा आयोजक बि लाई ३४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अमरावतिले निर्धारित १५ ओभर खेल्दै ८ विकेट गुमाउदै १ सय ४ रन बनाउन सफल भएको थियो । १ सय ५ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको ज्याक्की ११ ले १२.१ ओभर खेल्दै ३ विकेट गुमाउदै जित निकालेको हो ।राष्ट्रिय खेलाडी सम्मेलित ज्याक्की ११ का लागि रोशन बि. क. ले ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट ७० रनको योगदान गरेका थिए । यसैगरि राष्ट्रिय खेलाडी राजु रिजालले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा नटआउट २० रनको योगदान गरेका थिए । नटआउट्क ७० रनको योगदान गरेका रोशन बि क म्यान अफ द म्याच बन्न सफल भए । रोशनको खेलबाट प्रभावित भई पुर्ब अण्डर १९ खेलाडी राज वीर सिंहले नगद ५ सय प्रदान गरेका थिए ।बुधबार दिउँसो भएको खेलमा ज्याक्की ११ ले आयोजक (बि)लाई ३४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्याक्की ११ ले निर्धारित १५ ओभर खेल्दै ४ विकेट गुमाउदै १ सय २१ रन बनाउन सफल भएको थियो । ज्याक्की ११ का लागि पुर्ब अण्डर १९ खेलाडी राज वीर सिंहले ५४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६८ रनको योगदान गरेका थिए । १ सय २२ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आयोजक (बि) निर्धारित १५ ओभर खेल्दै ४ विकेट गुमाउदै ८७ रन मात्र बनाउन सक्यो र ज्याक्की ११ ले ३५ रनको जित निकालेको हो । ६८ रनको योगदान गरेका राज वीर सिंह म्यान अफ द म्याच बन्न सफल भए । म्यान अफ द म्याच बनेका राज वीर सिंहले नगद ५ सय खेलाडी साथिहरुलाई प्रदान गरेका छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ ह्जार र द्दितिय हुने टिमले ४५ ह्जार पुरस्कार पाउने खेल संयोजक प्रमोद आचार्यले जानकारी दिए । समूह (ए )को बिजेता बन्दै क्वाटर फाईनल पुगेको हो भने समूह ए को उपबिजेता बन्दै राजापुर पनि क्वाटर फाईनल पुग्न सफल भएको छ । यसै गरि समूह डि बाट समूह बिजेता बन्दै धनगढी जिल्ला क्रिकेट क्लब पनि क्वाटर फाईनल पुग्न सफल भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation