बौनियाँ/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगितामा गुरुकुल इङलिस मेडियम स्कुल फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गुरुकुलले लिटिल बुद्ध महेन्द्रनगरलाई ७९ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
बिहान भएको टसमा गुरुकुलले जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो । गुरुकुलका लागि यु-१९ खेलाडी वसन्त सिंह कार्कीले २७ बलमा ३ चौका र ६ छक्काको मद्दतमा ५७ रनको योगदान दिए । यसै गरि अर्का यु -१९ खेलाडी सुनिल भण्डारीले ३५ रन बनाए ।
गुरुकुलका बसन्त सिंह कार्की म्यान अफ द म्याच बन्न सफल भए । उनले नगद २ ह्जार प्राप्त गरे ।
अब गुरुकुलले मंगलबार हुने दोस्रो सेमिफाइनलको बिजेता संग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिता अन्तर्गत सोमबार अन्तिम सेमिफाइनलको खेल संचालन हुने छ । भोलि हुने सेमिफाइनल खेलमा आयोजक बालबाटिका र समूह (बि) को उप बिजेता कर्णाली मा वि टिकापुर बिच प्रतिस्पर्धा हुने खेल संयोजक प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन ।
फागुन १७ गते बाट संचालन भएको प्रतियोगिता फागुन २५ गते समापन हुने छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार लम्की स्थित गुरुकुल इङलिस मेडियम स्कुलले प्रायोजन गरेको छ भने द्दितिय पुरस्कार ७५ ह्जार धनगढीको गेटा स्थित बिद्या भूषण पब्लिक स्कुलले प्रायोजन गरेको छ । यस्तै खेलको उत्कृष्ट खेलाडिलाई लम्की चुहा बचैलाका अशोक कुवरले १६ ह्जार प्रायोजन गर्दा उत्कृष्ट ब्याट्सम्यानको १० ह्जार प्रायोजन राजेन्द्र रावलले गरेक छन । यसै गरि उत्कृष्ट बलको १० ह्जार प्रायोजन एन बि भट्ट जनरल स्टोर बौनियाले प्रायोजन गर्दा उदयिमान खेलाडीको १० ह्जार प्रायोजन चैतन्य एकाडेमी काठमाडौले गरेको छ ।