Baigyanik Media

Advertisment

SKIP THIS

सेती लोकमार्ग निर्माणका लागी दबाद दिन होली पर्बमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता खैरेनी हुने

बौनियाँ,कैलाली- कैलालीमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा पाचौं खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुन लागेको हो । प्रत्येक बर्ष झै यो बर्ष पनि फागु पुर्णिमा होलि पर्बको अबसर पारी यहि चैत्र २ गते देखी ५ गते सम्म प्रतियोगिता गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

 

बर्षौ देखी निर्माण ओझेलमा परेको सेती लोकमार्ग निर्माणका लागी दबाद दिने,भलिबल प्रतियोगिताको माध्यमद्धारा युवा तथा खेलकुदको विकास,समाज तथा देशका लागि क्षमतावान्, उत्कृष्ट खेलाडी उत्पादन, खेलको माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, एकता र बन्धुत्वको भावना जागृत गराउने स्थानीय क्षेत्रमा खेलकुद प्रति नागरिकको आकर्षण बढाउने मुल उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको साईनिङ् स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसीले बताए ।

प्रतियोगितामा देश भरका लगभग १५ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु १ लाख पाउने छ भने द्धितिय हुनेले नगद ५५ हजार र तृतीयले रु ३५ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ वेस्टस्पाईकर ,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो लाई नगद रु २ हजार,बेस्ट प्लेयरलाई ३ हजार नगद,१ थान टि–सर्ट र अनुशासित टिमलाइ मायाको चिनो प्रदान गरिने साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।

प्रतियोगिताको सञ्चालनमा स्थानीय तहको सरकार, संघ संस्था, उद्योगपति, व्यापारी र समाजसेवी वाट सहयोग संकलन गरी व्यवस्थापन गर्ने अध्यक्ष जैसीले जानकारी दिए ।

क्लबले खेलकुद मात्र नभई सामाजीक उत्तरदायित्वका कार्य जस्तै ,बन क्षेत्रको चोरी निकासी तथा आगालागी नियन्त्रण,बाढीपिडितहरुलाई राहात सामाग्री बितरण, गाउँ क्षेत्रमा सरसफाई लगाएतका काम गर्दै आएको छ ।

प्रतियोगितामा सहभागीता जनाउन चैत्र १ गते साझ ५ बजे सम्म गरि सक्नु पर्ने आयोजकले जानकारी गरेको छ । टिम दर्ता दस्तुर रु ५ हजार निर्धारण गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation