‘समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ’

टीकापुर, कैलालीको टीकापुरमा मौसम परिवर्तनका असरबारे समुदाय सचेत बन्दै गएका छन् । टीकापुरका विपद्को जोखिममा रहेका समुदायमा गठन भएका विपद् व्यवस्थापन समिति बाढीको जोखिम कम गर्ने मात्र नभई मौसम परिवर्तनले पर्ने असरबारे समेत सचेत हुन थालेका छन् । समुदायमा गठन भएका विपद् व्यवस्थापन समितिमा बाढीसँगै अन्य मौसम परिवर्तनले निम्त्याउने जोखिम, वातावरण संरक्षण, बाली संरक्षणका विषयमा समेत छलफल हुन थालेको छ ।

 

 

टीकापुर नगरपालिका–५ दक्षिण शाहीपुरस्थित स्थानीय विपद् व्यवस्थापन समितिले स्थानीय विपद् व्यवस्थापन समिति मौसम अनुसारको हरेक विपद्मा कसरी पूर्वतयारी गर्ने, जोखिम कम कसरी गर्ने भनी हरेक वर्ष योजना बनाउने र पूर्वतयारी तथा प्रतिकार्यका काम गर्ने गरेको छ ।

 

 

समितिका अध्यक्ष चन्द्रबहादुर रोकामगर कर्णाली नदीले हरेक वर्ष बाढीजन्य जोखिम निम्त्याउँदा विसं २०६४ सालबाटै आफूहरु विपद् व्यवस्थापनमा सक्रीय भएर लागेका बताउनुहुन्छ । “समुदायमै नमूना अभ्यास गर्ने, हरेक महिना बैठक बस्ने, मौसम अनुसारका विपद्का बारेमा छलफल गर्ने, बाढी आउनुपूर्व पूर्वसूचनामा ध्यान दिने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो बस्ती कर्णाली नदीको जोखिममा छ । विगतमा बाढी आउँदा मानिसको ज्यान जान्थ्यो, विसं २०६४ सालयता हामी मानवीय क्षति तथा धनजनको क्षति हुन नदिन सचेत भएका छौँ ।”

 

 

यो समुदायमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बालबालिका, गर्भवती, सुत्केरीको तथ्याङ्क राखिएको छ । समुदायको नक्साङ्कन गरिएको छ । समुदायले विपद्का समयमा जोखिममा रहेकालाई सबैभन्दा पहिला उद्धार गर्ने गरेको उहाँको भनाइ छ ।

 

 

यहाँ मौसम परिवर्तनले गर्ने असरबारे समुदाय सचेत भएका छन् । हरेक समुदायमा पूर्वसूचना, प्राथमिक उपचार, खोज तथा उद्धार, महिला दल गठन भएका छन् । यी समितिले वर्षभरि नै विपद् व्यवस्थापनका लागि काम गर्छन् ।दक्षिण शाहीपुर प्राथमिक उपचार कार्यदलका सदस्यको पिला जैसीलाई पाँच वर्षअघि विपद् आएमा कसरी जोगिने भन्नेबारे जानकारी थिएन, अहिले सबै मिलेर काम गर्दा जोगिन र जोगाउन सकिन्छ भन्ने जानकारी भएको उहाँको भनाइ छ ।यसरी समुदायको क्षमता विकास गर्न टीकापुर नगरपालिकाले सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको छ । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले पालिकालाई सघाएका छन् ।

 

 

। सामाजिक परिचालक निरज चौधरी टीकापुरको ५, ६, ७, ८ र ९ वडामा बाढीजन्य विपद्बाट जोगिन आपत्कालीन सामग्री सहयोग, विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, विभिन्न कार्यदलको भूमिका बढाउन सघाइरहेका बताउनुहुन्छ । “पूर्वसूचना, पूर्वतयारीमा सघाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मौसमअनुसार छलफल, यतिबेला आगलागीको जोखिमबाट बच्ने उपायबारे छलफल गर्ने गरेका छन् ।”वातावरण संरक्षणबारे समुदाय सचेत भएका छन् । उनीहरु वातावरण र बाली जोगाउन विषादी प्रयोग नगर्ने र आयआर्जनका कार्यमा लागेका छन् ।

 

“यहाँका महिलाहरु बेत बाँस फर्निचरमा काम गर्ने, तरकारी खेती गरेर आम्दानी लिन थालेका छन्”, स्थानीय धनसरा ठकुल्लाले भन्नुभयो, “प्रभावित क्षेत्रका किसान धानबालीको बाढी बिमामा आबद्ध भएका छन् ।”इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ राना विपद्को जोखिम कम गर्न जलवायु उत्थानशीलताका लागि समुदायलाई नै सक्रीय बनाउनुपर्ने बताउनुहुन्छ । “समुदाय सक्रीय भएमा हरेक विपद्को क्षति घटाउन सहयोग हुने भएकाले पालिका तथा सङ्घसंस्थाले समुदायको क्षमता विकासमै सघाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “पूर्वसूचना महत्वपूर्ण हो, पूर्वसूचना पाएमा समुदाय मिलेर समस्यामा परेकालाई सघाउन सकिन्छ ।”

 

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पालिकामा सङ्घसंस्थाले विपद् व्यवस्थापनमा सघाइरहेका बताउनुहुन्छ । “स्थानीय समुदाय आफैँ सशक्त भएमा जोखिम कम गर्न मद्दत पुग्छ”, उहाँ भन्नुहुन्छ, “समुदायको क्षमता विकास गरेमा स्थानीय सरकारलाई पनि विपद् व्यवस्थापनमा सहज हुन्छ ।”

 

टीकापुर नगरपालिकामा जनप्रतिनिधिको नेतृत्वमा पालिकास्तरीय र वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भएर काम गरिरहेका छन् । विभिन्न सङ्घसंस्थाको सहयोगमा प्रभावित समुदायमा करिब ६० वटा समुदायस्तरीय विपद् व्यवस्थापन समिति गठन भएका र उनीहरुले विपद् व्यवस्थापनमा काम गरिरहेका छन् ।

 

वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी सङ्घसंस्थाले समुदायलाई क्षमतावान् बनाउन सघाएको, खोज तथा उद्धारका सामग्री सहयोग गरेको, कानुनी रुपमा समुदायमा भएका विपद् व्यवस्थापन समिति दर्ता नभए पनि आफूहरुले पनि पालिका स्तरबाट तालिम दिने, क्षमता विकासमा सघाउने गरेको बताउनुहुन्छ । “समुदायमा रहेका समिति विपद् जोखिम कम गर्न सक्षम भएका, जोखिम न्यूनीकरणमा पालिकालाई सहयोग भएको छ”, उहाँ भन्नुहुन्छ, “समुदाय सचेत भएमा पालिकालाई प्रतिकार्यमा समेत सहयोग पुग्छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९