मङ्लबार, अशोज ९, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियामा निर्वाचन शान्तिपूर्ण ,हेर्नुस् कुन वडामा कति मत खस्यो विवरण सहित

कैलाली । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो । यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन ।

प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा १४२१३ मत खसेको छ ।

बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ६७.३९ प्रतिसत मत खसेको थियो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा ४३५६, वडा नम्बर २ मा ४४३६, ३ मा ३०५७, वडा नम्बर ४ मा कुल मतदाता ३८८१, वडा नम्बर ५ मा ३८९४ र वडा नम्बर ६ मा ३०९५ मतदाता सङ्ख्या छ्न ।

बर्दगोरिया गाउँपालिका कुन मतदान केन्द्रमा कति  कैलाली

जम्मा मतदाता: २२१८१

खसेको मत : १४,२१३

वडा नम्बर १: २४६७

वडा नम्बर २: २८८३

वडा नम्बर ३: १६४६

वडा नम्बर ४: २३०५

वडा नम्बर ५: २८५०

वडा नम्बर ६: २०६२

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!