कुम्भिया टोल विकास संस्थाद्वारा वृहत सरसफाई अभियान

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भियामा कुम्भिया टोल विकास संस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। “सफा सहर, स्वच्छ गाउँ, सबै मिली फोहोर हटाऔँ” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा एक सयभन्दा बढी स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

 

सरसफाई कार्यक्रम बर्दगोरिया धामदेखि कुम्भिया मोती भागरथी विद्यालय पिपल चौतारा चोकसम्मको सडक किनार तथा नालीमा थुप्रिएका फोहोरहरू सरसफाई गरिएको थियो। लामो समयदेखि जमेर रहेका फोहोर हटाइएपछि स्थानीय क्षेत्र सफा र व्यवस्थित देखिन थालेको स्थानीयहरूले बताएका छन्। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, युवा, महिला, ज्येष्ठ नागरिक तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रममा सहभागी हुँदै वडा नम्बर २ का वडाध्यक्ष गोविन्द बिकले टोल विकास संस्थाले समाज परिवर्तनका लागि थालेको अभियान प्रशंसनीय रहेको बताए। उनले संस्थाले कानुनी प्रक्रिया पूरा गरी दर्तापछि सामाजिक कामको सुरुवात गर्नु सकारात्मक कदम भएको उल्लेख गरे। वडा अध्यक्ष विकले भने, “हामी सबैले आफ्नो गाउँठाउँ सफा राख्ने जिम्मेवारी लिनुपर्छ। विकास निर्माणसँगै सरसफाई अभियानलाई निरन्तर अघि बढाउन आवश्यक छ। कुम्भिया टोल विकास संस्थाले समाज परिवर्तनको सन्देश दिन थालेको यो काम उदाहरणीय छ। आगामी दिनमा पनि यस्ता रचनात्मक अभियानमा वडा कार्यालयको पूर्ण साथ रहनेछ।”

 

त्यसैगरी संस्थाका सल्लाहकार निर्प शाहले सार्वजनिक सडक तथा नाली अतिक्रमण हुन नदिन सबैलाई सचेत गराइएको बताए। उनले सडकमा गाईवस्तु बाँध्ने तथा जथाभावी निर्माण सामग्री राख्ने कार्यले दुर्घटना र प्रदूषण बढाउने भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे। उनले भने, “हामीले गाउँलाई व्यवस्थित र सफा बनाउन सबैलाई आग्रह गरेका छौँ। समाजमा हुने विकृति, विसंगति तथा विभिन्न संघसंस्थामा हुने भ्रष्टाचारलाई नागरिकस्तरबाट निगरानी गर्नेछौँ। समाज सुधारका लागि सबैको सहभागिता आवश्यक छ।”

 

संस्थाका अध्यक्ष बमबहादुर आले मगरले सफा वातावरणले स्वस्थ जीवन निर्माणमा ठूलो भूमिका खेल्ने बताए। उनले गाउँ सफा भए स्वास्थ्यसम्बन्धी समस्या कम हुने र सकारात्मक सोचको विकास हुने उल्लेख गरे। उनले भने, “सफा ठाउँमा बस्न सबैलाई मन पर्छ। वातावरण सफा भयो भने रोगव्याधि कम लाग्छ, मानिसको सोच पनि सकारात्मक बन्छ। हाम्रो उद्देश्य कुम्भियालाई सफा, सुन्दर र उदाहरणीय गाउँ बनाउनु हो।”

 

त्यस्तै संस्थाका सचिव दीपक बमले सरकारको मात्रै मुख ताकेर नबस्न स्थानीयलाई आग्रह गर्दै समाज परिवर्तनका लागि नागरिक स्वयं सक्रिय हुनुपर्ने बताए। उनले भने, “हामीले आफ्नो समाज आफैँ बनाउनुपर्छ भन्ने सोचका साथ अभियान सुरु गरेका हौँ। गाउँ विकासका लागि सबै एकजुट भए असम्भव केही छैन। सरसफाई अभियानलाई निरन्तरता दिने हाम्रो योजना छ।”

 

स्थानीय भलभान्सा छेदु डगौरा थारुले सरसफाईले रोगव्याधि कम हुने बताए। उनले सफा वातावरणले बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने उल्लेख गरे।

 

त्यस्तै स्थानीय मिनबहादुर बमले देशभर सरसफाई तथा झाडु अभियान चलिरहेका बेला आफ्नो गाउँमा पनि अभियान सुरु गरिएको बताए। उनले समाजमा रहेका बेथिति र भ्रष्टाचारविरुद्ध नागरिक सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, “देशभर सरसफाई अभियान चलिरहेको छ। हामीले पनि आफ्नो गाउँबाट सकारात्मक सन्देश दिन खोजेका हौँ। फोहोर मात्रै होइन, समाजमा रहेका विकृति र भ्रष्ट मानसिकतामाथि पनि झाडु लगाउन जरुरी छ।”

 

स्थानीय सरस्वती शाह बमले गाउँघर फोहोर हुँदा सडकसमेत प्रदूषित हुने र त्यसबाट विभिन्न रोग फैलिने खतरा बढ्ने बताइन्। “गाउँ सफा भयो भने वातावरण पनि राम्रो देखिन्छ र मानिसहरूलाई बस्न सहज हुन्छ,” उनले भनिन्।
स्थानीय कमला बिष्टले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियान मिडियामार्फत देखेको स्मरण गर्दै अहिले आफ्नै गाउँमा प्रत्यक्ष सरसफाई अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।
उनले भनिन्, “पहिले टेलिभिजन र सामाजिक सञ्जालमा मात्रै सरसफाई अभियान देखेका थियौँ। आज आफ्नै गाउँमा सबै मिलेर सरसफाई गर्दा निकै राम्रो अनुभूति भएको छ। यस्तो अभियान नियमित हुनुपर्छ।”

 

स्थानीयवासीहरूले सरसफाई अभियानलाई केवल एकदिने कार्यक्रम नभई सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आयोजक संस्थाले आगामी दिनमा वृक्षरोपण, जनचेतनामूलक कार्यक्रम तथा गाउँ व्यवस्थापनका थप अभियान सञ्चालन गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९