विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराए । ‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु। त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र सङ्कायबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरेर तोकिएको परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गर्न बसेको विश्वविद्यालय सभाको यस गरिमामय वार्षिक दिवस बैठकमा सहभागी हुने सुअवसर प्राप्त भएकोमा गौरवान्वित भएको छु।

 

विद्वान् सभासद्ज्यूहरू,

कुलपतिको हैसियतबाट मैले नेपालका विश्वविद्यालयहरूका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियालेको हुन्छु। त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे मैले विभिन्न श्रोतबाट आवश्यक जानकारी हासिल गर्ने गरेको छु। यस विश्वविद्यालयले भोगिरहेका समस्याहरू, ती समस्याका कारणहरू र समाधानका उपायहरूबारे विश्वविद्यालयका पदाधिकारीज्यूहरू र सरोकारवालाहरूसँगको भेटघाट, सम्वाद एवम् विश्वविद्यालयका बिभिन्न औपचारिक कार्यक्रमहरूमा छलफल हुने र निर्णयसमेत लिने गरिएको छ। त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु।

 

त्रिभुवन विश्वविद्यालयमा आबद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवम् छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरुप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढनु अत्यावश्यक छ। यसका लागि विश्वविद्यालयबाट पेस हुने उपर्युक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु। विश्वविद्यालयका समस्याहरूको समाधान सम्वाद एवम् रचनात्मक सहयोगबाट गर्नुहुने सबै सरोकारवालासँग हार्दिक अपील गर्दछु।

 

विद्वान् सभासद्ज्यूहरू,

आज विश्वविद्यालय सभाको वार्षिक दिवस बैठकलगत्तै सभाको साधारण बैठकसमेत बसी त्रि.वि.को आर्थिक वर्ष २०८०।०८१ को प्रस्तावित नीति कार्यक्रम तथा बजेटमाथि छलफल गरी पारित गर्नुपर्ने हाम्रो अर्को महत्वपूर्ण कार्यभार हो। यस अवसरमा म विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल  गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने बनाउने दिशामा आवश्यक छलफल हुने विश्वास लिएको छु।

 

हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?, विद्यार्थीलाई उनीहरूको रूचिअनसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु। विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।

 

नेपाल सरकारका तर्पmबाट गर्नुपर्ने सहयोगका लागि म सदैव अग्रसर रहनेछु। साथै देशको जेठो तथा ठूलो विश्वविद्यालय भएका हैसियतले यस विश्वविद्यालयको  नेपालमा स्थापित अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई समेत पठनपाठन तथा अनुसन्धान कार्यहरूमा नेतृत्व तथा मार्गनिर्देश गर्ने दायित्व रहेको कुरा स्मरण गराउँछु। मुलुकको संघीय शासन प्रणालीअनुसार उच्च शिक्षाको पुनःसंरचनामा पनि यस विश्वविद्यालयले अग्रणी नेतृत्व लिन विशेष अपील गर्दछु।

 

अन्त्यमा,

त्रि.वि.लाई विविध किसिमले आवश्यक सहयोग गरी आजको स्थितिसम्म विकसित गर्न योगदान पु¥याउनुहुने सम्पूर्ण प्राज्ञजनहरू, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी, जग्गादाता, दातृ निकाय, सञ्चारकर्मी लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै त्रि.वि. सभाको आजको यस गरिमामय बैठकबाट त्रिभुवन विश्वविद्यालयको ६१ औँ ग्रेस लिष्ट पारित भई उपाधि प्राप्त गर्नुहुने सबै उम्मेदवारहरूलाई हार्दिक बधाइका साथ उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत

दाङ,  यहाँका स्थानीय थारु महिलाले विभिन्न समयमा गाउने सज्ना गीत प्रायःलोप हुँदै गएको छ ।  विशेष गरी खेती गर्ने समय र पतिसँग बिछोड हुँदा गाइने लोकगीत हो, सज्ना । सज्ना गीत  विलुुप्त भएको वर्षौंपछि यहाँका थारु समुदायले पुनः सज्नाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९