पोखरामा हरित विद्यालयसम्बन्धी प्रशिक्षण

काठमाडौँ,  प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ ।

 

 

 

गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जना सहभागी रहेको उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। तालिममा नेपाल सरकार तथा युनेस्कोका सम्बन्धित मार्गदर्शक दस्तावेजहरूको अध्ययन र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको थियो ।

 

 

कार्यक्रममा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली, जलवायु न्याय, विपद् तथा उत्थानशीलता, दिगो जीवनशैली, परिपत्र अर्थतन्त्र जस्ता विषयलाई विद्यालय शिक्षासँग कसरी एकीकृत गर्ने भन्ने विषयमा छलफल भएको थियो । साथै, विभिन्न विषयका पाठ्यवस्तुसँग हरित विद्यालय अवधारणालाई अन्तरसम्बन्धित गर्दै विद्यार्थीकेन्द्रित, परियोजनामा आधारित तथा व्यवहारमुखी सिकाइलाई प्रवर्द्धन गर्ने उपायहरू प्रस्तुत गरिएको थियो ।

 

 

तालिममा हरित विद्यालयसम्बन्धी पाठयोजना निर्माण रहेको थियो । सहभागीहरूले विभिन्न विषयमा वातावरणीय तथा दिगोपनका अवधारणालाई समेटेर अन्तरविषयगत पाठयोजना तयार गर्ने अभ्यास गरेका थिए । कास्कीको भद्रकाली माध्यमिक विद्यालय, कुडहरमा ती पाठयोजनाका आधारमा प्रदर्शन कक्षा सञ्चालन गरिएको थियो भने प्रदर्शन कक्षाको काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरू तथा युनेस्कोका प्रतिनिधिहरूले अवलोकन गरी सहभागीहरूलाई रचनात्मक सुझाव र पृष्ठपोषण प्रदान गरेका थिए ।

 

 

तालिमका सहजीकरण काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरू, युनेस्कोका प्रतिनिधिहरू तथा प्रिन्सिपल एशोसिएसन अफ नेपालका पदाधिकारीले गरेका थिए । कार्यक्रममा एशोसिएसनका केन्द्रीय अध्यक्ष सुदाम गौतमले विद्यालय नेतृत्वले हरित, दिगो र जलवायुमैत्री विद्यालय निर्माणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पार्नुभएको थियो । गण्डकी प्रदेशबाट सुरु भएको कार्यक्रमलाई सात वटै प्रदेशका १०० भन्दा धेरै विद्यालयका प्रधानाध्यापक र ‘फोकल’ शिक्षकलाई तालिम दिने र बर्सेनि यो सङ्ख्या वृद्धि गर्दै लैजाने रहेको जानकारी दिनुभएको थियो ।

 

 

त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सहभागी शिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

 

 

तालिमको समापनसँगै सहभागीहरूलाई आफ्ना विद्यालयमा हरित विद्यालय अवधारणाको कार्यान्वयनसम्बन्धी विद्यालय–आधारित कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । तोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन पेश गरेपछि सहभागीहरूलाई काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक क्रेडिट प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

आयोजकका अनुसार यस तालिमले विद्यालय नेतृत्व र शिक्षकहरूलाई हरित विद्यालयको अवधारणालाई विद्यालय व्यवस्थापन, शिक्षण–सिकाइ प्रक्रिया, सहपाठ्य क्रियाकलाप तथा समुदायसँगको सहकार्य मा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक ज्ञान, सीप र व्यवहारिक अनुभव प्रदान गरेको छ । यसबाट नेपालका विद्यालयहरूलाई दिगो विकासका लक्ष्यअनुरूप वातावरणमैत्री र जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ,  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईंबीच अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा छलफल भएको छ ।     मन्त्रालयमा भएको छलफलमा मन्त्री वादीले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण, प्रवर्द्धन र आर्थिक सशक्तीकरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९