धनगढी उपमहानगरपालिकाले मनायो आत्महत्या रोकथाम दिवस

धनगढी । समाजमा जटिल समस्या बन्दै गएको आत्महत्याको समस्यालाई रोकथाम गर्न धनगढी उपमहानगरपालिकाले विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । “आसा जगाऔ, जीवन बचाऔं” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका र स्वास्थ्य शाखाको आयोजनामा धनगढीको फुलबारी स्वास्थ्य चौकीमा आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज जयकला रावतले औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरी आत्महत्या रोकथाम दिवसको बारेमा बताउनु भएको थियो । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक भुपेन्द्र महराले विश्वमा आजकै दिन मनाई रहेको विश्व आत्महत्या रोकथाम दिवस धनगढी उपमहानगरपालिकाले पनि मनाएको बताएका थिए ।

कार्यक्रमको औचित्य माथि प्रकाश पारेका महराले समाजमा अहिले आत्महत्याको समस्या बढ्दै गएको बताए । आत्महत्याको रोकथाम गर्न हाम्रो भूमिका महत्पूर्ण हुने भएकोले समाजमा आत्महत्याले पारेको असर बारे छलफल गर्न फुलबारीमा दिवस मनाएको महराले बताए ।

नसर्ने तथा मानसिक रोग, खोप कार्यक्रम, पोषण कार्यक्रम र दुर्त प्रतिकार्य सम्बन्धी जिम्मेवारी बहन गरी काम गर्दै आएका महराले आत्महत्या रोकथाम गर्न हामी सबैकोे भूमिका आवश्यक पर्ने बताए । समुदायमा काम गर्दै आउनु भएका स्वयम् सेविकाहरुको आत्महत्या रोकथाममा प्रभावकारी भूमिका हुने विश्वास आफूले गरेको उनले बताएका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै डाक्टर मिलन खड्काले आत्महत्या के हो ? आत्महत्याका कारण रोकथामका उपाय र सातै प्रदेशको हात्महत्याको तथ्यांक बारे बताएका थिए । २०७९ र २०८० मा देशैभरी ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेकाछन् । कार्यक्रमको सहजीकरण गर्दै ईलाका प्रहरी कार्यालय फुलबारीमा कार्यरत प्रहरी निरीक्षक वीर बहादुर बोहराले कैलालीमा आत्महत्याको अवस्था र तथ्यांक बारे जानकारी गराएको थिए ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी. नेपालमा कार्यरत कैलाली जिल्ला मनोसामाजिक परामर्शकता धनराज विकले समाजमा आत्महत्याको चुनौती र रोकथामका उपाएका बारेमा बताएकका थिए । धनगढी उपमहानगरपालिकामा काम गर्दाको अनुभव र आत्महत्याका समस्या भएका व्यक्तिहरुको भोगाई र समस्यामा मनोपरामर्शले खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए ।

आत्महत्याको जोखिममा रहेकालाई के कुराले बाध्य पार्यो भनेर प्रशन गर्ने, उनीहरुका कुरा ध्यान दिएर सुन्ने र गोपनीयता कायम राख्ने,आनीबानी अवलोकन गर्ने, एक्लै नछाड्ने, जोखिमका साधनहरु टाढा राख्ने, आत्मगलानी र हिनताबोध हुने कुरा नगर्ने, आत्महत्याको सोच भएका र जोखिममा रहेकाहरुलाई नजिकैको स्वास्थ्य सेवा, मनोसामाजिक परामर्शकर्ता र मानसिक रोग विशेषज्ञ कहाँ पठाएर सहयोग गर्न सकिने भन्दै हेल्पलाईन नम्बरहर ११६६ को बारेमा जानकारी गराएका थिए । आत्महत्यालाई रोकथाम गर्न स्थानीय सरकारले समुदायमा सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा बिकले जोड दिएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष एवम् धनगढी उपमहानगपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बादुराम चौधरीले आत्महत्या रोकथाम गर्न सबै एक भएर लाग्नुपर्ने बताए । मरै वडामा एकजनाले आत्महत्या गर्दैछु भनेर मलाई फोन गरेका थिए । म तत्काल उनको घरमा पुगे र उनको दुख सुने । वडाबाट गर्नुपर्ने सहयोग गर्ने बताएपछि अहिले उनी बाँचेकाछन् । उनलाई मनोपरामर्श सेवा आवश्यक रहेको वडा अधयक्ष चौधरीले बताएका थिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य रामचरण चौधरीले वडा सरकारले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी स्वयम् सेविकाहरुले समाजमा मनका कुरा गरेर आत्महत्याको अवस्थाको बारेमा थाहा पाउन सकिने र सहयोगको लागि सम्बन्धित निकायमा पठाउन सकिने सिकाई भएको बताएका थिए भने कार्यक्रममा सहभागी विद्यार्थीले आत्महत्याको बारेमा थाहा पाएको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९